राप्रपा म्याग्दीका अध्यक्ष रावललाई पितृशोक

विकल्प न्यूज/बेनी
जेठ ३२ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीका अध्यक्ष एकेन्द्रबहादुर रावललाई पितृ शोक परेको छ । बेनी नगरपालिका १ रत्नेचौर निवासी रावलका बुवा टेकबहादुर रावलको जेठ २९ गते ८० वर्षको उमेरमा निधन भएको हो ।

तत्कालीन रत्नेचौर गाउँ पञ्चायतका प्रधानपञ्च रावलको निधनप्रती राप्रपा म्याग्दीको मंगलबार बसेको बैठकले शोक व्यक्त गर्दै दिवंगतप्रती श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेको उपाध्यक्ष बिरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

अर्का उपाध्यक्ष जगतनारायण गौचनको अध्यक्षता, केन्द्रिय सदस्य भिमप्रसाद गौचन र जगतप्रसाद गौचनको उपस्थितीमा बसेको बैठकले १३ औ पुण्य तिथीका दिन असार ९ गते उहाँको निवासमा शोक सभा गर्ने निर्णय गरेको छ ।