यात्रा स्मरण ः धौलागिरीमा पर्यटनको संभावना

हरिप्रसाद पौडेल/विकल्प न्यूज
म्याग्दी,असार १ गते ।
जेठ दोस्रो साता तिन वर्ष अगाडि देखिको धौलागिरी आधार शिविर जाने लक्ष्य पुरा भयो । जिल्ला विकास समिति म्याग्दी वाट धौलागिरी आधार शिविर सम्मको अवस्था र सम्भावनाको अध्ययन, अवलोकन गर्र्ने कार्यक्रम तय गरी ब्यवस्थापनको जिम्मा धौलागिरी पर्यटन परिषद म्याग्दी लाई दिइएको थियो । “वाह्र वर्षमा…आएको, म…लाई ज्वरो आएको” भन्ने पुरानो उखान चरितार्थ हुने अवस्थाको समेत सृजना भयो । किनकी ५५ वर्षअघि सफल आरोहण भएको ८१६७ मिटर उचाईको धौलागिरी हिमाल, आधार शिवीर र त्यहाँ पुग्ने पदमार्गको अध्ययनका लागि जिल्लाका सरोकारवालाहरु पहिलो पटक जादै थियो । Round Dhaulageri

धौलागिरी आधार शिविर जानको लागि वाधा–ब्यवधान आउन सुरु गरेका थिए । मौसम प्रतिकुल बनिरहेको थियो । पदयात्राको सिजन थिएन् । आर्थिक वर्षको अन्त्यको अवस्था भएकाले कार्यक्षेत्रमा कामको ब्यस्तता वढेको थियो । त्यसैमाथी परिवार र आफन्तबाट उच्च स्थानको जोखिमयुक्त यात्रामा नजान दवाव । हिन्दु संस्कार अनुसार ११ गते हिड्नुहुदैन भन्ने मान्यता विपरित जेठ ११ गते बिहान एघारै बजे हाम्रो धौलागिरी आधारका लागि बेनीबाट प्रस्थान ग¥यो ।
नयाँ ट्रयाक खुलेको वाटो समेत हुदै ताकमको मच्छिम सम्म बसमा पुग्यौ ।

टोलीमा गैरसरकारी संस्था महासंघको तर्फबाट म सहित जिविसका असिस्टेन्ट सब–ईञ्जिनियर बालकृष्ण पौडेल, धौलागिरी पर्यटन विकास परिषद्का अमर बानिया, घनश्याम खड्का, पत्रकार कमल खत्री, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण सुवेदी, एमाओवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर घिमीरे, दिलबहादुर चर्माकार, राप्रपाका अध्यक्ष एकेन्द्र रावल, जिशिअ रामप्रसाद अधिकारी, कोष नियन्त्रक युवराज पौडेल, अनुसन्धानका बिरेन्द्र श्रेष्ठ लगायत थियौ । मुदी गाविसका प्राबिधि नगेन्द्र सापकोटा, सामाजिक परिचालक एलिना रोका र लिवर्डका प्रतिनिधिको साथै मुनाबाट दुई जना भरिया थपीए । १८ जना भयौ ।

पहिलो दिन मुदीमा बास बस्यौ । १२ गते विहान स्थानीय बासीन्दाहरुसंग धौलागिरी वेसक्याम्प भ्रमणको औचित्य वारे छलफल गरेपछि खाना खाइवरी यात्रा अघि बढ्यो बगरतर्फ ।
पदमार्गको अन्तिम मानवबस्ती हो मुदिको ९ नम्बर वडामा पर्ने बगर । मुदी बाट बगर जाने बाटोमा पर्ने नाउराको भिर जिल्लामै अप्ठ्यारो र कठिन मानिन्छ । माथि हेर्दा टोपी खस्ने, बाटोबाटे फुत्कीए सिधै म्याग्दी नदी किनारमा पुगीने नाउराको भिरको साघुरो बाटोको यात्रा साहरी र जोखिमपूर्ण छ ।
मुदीबाट थपिएका २ महिला र २ पुरुष साथीहरुसंगै हाम्रो टोली २२ सदस्यीय भयो । जम्वो टोलि विहानको खाना पछि वगरा गाउको लागि हिडियो । धौलागिरी आधार शिविरमा जाने वाटो मर्मत गर्न २५ लाख रुपैयाको योजना सञ्चालन भइरहेको रहेछ । वाटो बिस्तारको काम अनुगमनकै शैलिमा हेर्दै अगाडि वढ्यौ । काम राम्रो संग सञ्चालन भइरहेको अनुभुति भयो । त्यसैगरी अगाडिको वाटो समेत विस्तार गर्न जिविस लगाएत सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ । अगाडि वढ्दैजादा विचमा पर्ने नाउरा गाउमा एउटा वालशिक्षा कक्षा सञ्चालन भएको रहेछ ।hari

त्यहाको अवस्था पुझेपछि जिशिअले ब्यक्तिगत रुपमा कापि कलम किन्न भनि ५०० ब्यवस्थापन समितिका अध्यक्षलाई दिनुभयो । हामीहरुलाई पनि केहि सहयोग गर्ने इच्छा जागृत भयो । छ हजार ५०० रुपैया उठाएर सो रनजनज्योती विद्यालयलाई हस्तान्तरण गरीयो । गाउ छाडेर नाउरा भिर लागेपछि थाहा भयो पहिले डोरिको सहाराले उक्लन ओर्लन पर्ने भिर । अहिले केहि सजिलो भएको छ । अझैपनि लगभग ३ किलोमिटरमा फैलिएको नाउराको भिरको झण्डै ४०० मिटरमा साइडवार (रेलिंग) राख्नुपर्ने अवस्था देखियो ।

किनभने त्याहावाट जोकोहि चिप्लियो भने उसको हड्डि भेटिदैन् । भरियाहरु भारिसंग ओहोर–दोहोर गर्दा झनै जोखिम देखिन्छ । ऐसेलु र चुत्रोको मजा लिदै वेलुका ७ वजेतिर मात्रै वगरको गाउमा पुग्यौ । सम्मो खोला किनारको वस्तीको परिकल्पना गरेको बगर गाउँ कल्पना भन्दा फरक देखियो । पहाडको विचभागमा भिरालो पाखामा रहेको बगर गाउँमा ३२ घरपरिवारको बसोबास छ । भ्रमण समुहलाई स्वागत गर्ने त्यहाँको परम्पराले न्यानो आतिथ्यताको महशुस गरायो । स्थानीय कैलाश प्राबीको परिसरमा बेलुका ९ वजे सम्म चलेको नाचगान सहितको स्वागत कार्यक्रमको रमाईलोले दिनभरीको थकाई बिर्सायो ।

१३ गते विहान ११ः०० वजे वगरवाट टोलि दोभानको लागि रमाना गर्नुथियो । मुना वाट गएका २ जना भरियाहरुले आफुहरु भारि वोकेर वेसक्याम्प नजाने भन्ने लिडेढिप्पिले हामिलाई अप्ठ्यारो प¥यो । त्यहा थप भरिया खोज्दा पाइएन । अघिल्लो दिन म वेसक्याम्प नै पु¥याउछु भनेर जिम्मा लिएको भरियाको भोलिपल्टको त्यस किसिमको ब्यवहारले हामिलाई के आभास भयो भने म्याग्दी जिल्लामा पर्यटन वाट लाभ लिन योग्य र विश्वसनिय ट्र्ेकिङ्ग गाइड र पोटरको तालिम तथा ब्यवस्था हुनु जरुरी छ । विदेशि पर्यटकहरुले वढ्दो रुपमा हेलिकप्टरको प्रयोग गर्नु विस्वसनिय पोटरको अभाव हो भन्ने कुरालाई यस ब्यवहारले पुष्ट्याई गरेको महसुस गरियो । केहि छिनको छलफल पछि तोकिएको दरमा पुन थप गरेपछि हाम्रो टोलि रमाना भयो २० मिनेटको वाटो हिडेर वगरको फेदि जेल्टुङ्ग गाउमा पुग्यो । एमाओवादी केन्द्रका प्रतिनिधि दिलवहादुर चर्मकार र लि–वर्डका प्रतिनिधि स्वास्थ्यको समस्याको कारण यात्रा टुङ्गयायर फर्के भने बाँकि टोलि दोभान तिर लाग्यौ ।

केहि समयको उकाली चढेपछि को फाटमा पुग्दै गर्दा हेलिकोप्टरको आवाज आयो । केहि रमाइलो, केहि असहज लाग्यो । किन भने हेलिकोप्टर धौलागिरी आधार शिविरमा रहेको लास र वन्दोवस्तिका समान उठाउन गएको हो भन्ने लख काट्दा नरमाइलो महसुस गरियो । बाटैमा म्याग्दी नदी पारी तातोपानि कुण्ड रहेछ । कुण्डको नामवाट त्यस स्थानलाई तातोपानि नामाकरण गरिएको । फागुन, चैत र बैशाख महिनामा उपचारका लागि सर्वसाधारण स्नान गर्न आउने तातोपानी हामीहरु पुग्दा सुनसान थियो । काठको अस्थाई पुल तरेर तातोपानी पुग्यौ ।

नजिकै तुइन रहेछ । अनौठो लाग्यो । केहि दिन अगाडि मात्रै म्याग्दी जिल्ला तुइन मुक्त भयो भन्ने समाचार काठमाडौबाट प्रकाशीत हुने एक पत्रिकामा पढीएको थियो । तर तुइन देख्दा समाचार प्रतिको विश्वसनियता हराएको महसुस भयो । जिल्लाको प्रमुख पदमार्ग क्षेत्रको यात्राकै क्रममा तुइनको सहारा लिनुप¥यो भने कसरी जिल्ला तुइन मुक्त भयो ? तातोपानीको अवलोकन संगै वाथिंङ्गको अनुभव ग¥यौ । त्यस तातोपानि कुण्डलाई ब्यवस्थित वनाउने । त्यसको ब्यवस्थापनको जिम्मा गाविस वाट स्थानियलाई दिने र राज्यले त्यस कुण्डमा पुग्न कम्तिमा स्थाई झोलुङ्गे पुलको तुरुन्तै ब्यवस्था गर्नुपर्ने देखिन्छ ।

संयोगले त्यस दिन लिप्सिवा भन्ने ठाउमा भिरमहको शिकार हुदै गरेको हेर्न पाइयो । भिरमह निकालेको रमाइलो र साहसिक गतिबिधिको अवलोकन गरेनौ मात्रै ताजा भिरमहको चाका सकेसम्म खाईयो । त्यस क्षेत्रको यात्रामा हुने अर्काे रमाइलो विशेषता भिरमा रसीमा झुण्डीएर गरिने महशिकार पनि हो । महशिकारलाई पर्यटनसंग जोड्न सकेमा त्यसको थप महत्व हुन्छ ।

धाप्चामा स्थानिय निउरो र चनाको तरकारी सुख्खा रोटिका साथै खुर्सानि मिसेको नुन चिया सहितको खाजा खायौ । खाजा खाएपछि यात्राका क्रममा केहि साथिहरुलाई मह लागेर निकै सकस वनायो । हिड्न नसक्ने, पेटमा समस्या हुने जस्तो समस्यावाट ग्रसित हुनुभयो । वडो मुस्किलले वेलुका ६ वजे पछि मात्रै दोभान मा पुगियो । हामी होमस्टेमा बास बस्यौ । नजिकै क्याम्पिङ्ग साइट पनि छ । होम स्टे सरकारी जग्गामा सञ्चालन भएको छ । त्यसलाई गाविस र जिविसले ब्यवस्थित गर्नुपर्ने अवस्था देखिन्छ । तातोपानि देखि दोभान सम्मको वाटो केहि फराकिलो बनाउनुपर्ने आवश्यक छ । धेरै ठाउँमा संकेत चिन्हहरु राख्नुपर्ने देखिन्छ । बाटो पदमार्ग हो वा जंगलमा घासदाउरा गर्न जाने ? पहिचान गर्न गाहे हुने ।

१४ गते विहानै नास्ता खाइवरी हामिहरुको टोलि इटली वेस क्याम्पतर्फ लाग्ने क्रममा पहिरो त्यहाँ पहिरो नियन्त्रण, तैलित्रे खोलामा झोलुङ्गे पुलको ब्यवस्था गर्नुपर्ने साथै धेरै स्थानहरुमा अस्थाई क्रसिंग व्रिज वनाउनुपर्ने टड्कारो आवश्यकता महसुस भयो । ३ देखि ५ वजे भित्र विभिन्न समुह वनेर टोलि इटलि वेस क्याम्प पुगेर हरिप्रसाद तिलीजाले सञ्चालन गरेको होमस्टेमा बास बस्यौ । इटलि आधार शिवीर पुग्दा चार जना साथीहरुले लेक लाग्ने र स्वास्थ्यमा समस्या देखिएपछि माथि चढ्न नसकिने भनि यात्रा टुंग्याउने निर्णयमा पुग्नुभयो । बालकृष्ण सुवेदी, चन्द्रबहादुर घिमीरे, एकेन्द्र रावल र बिरेन्द्र श्रेष्ठलाई ईटाली आधार शिवीर छोडेर अरु धौलागिरी आधार शिवीरतर्फ जाने निर्णय भयो ।

१५ गते विहान हुँदा आकाशभरी कुहीरो थियो सिमसिम पानि परिरहेको थियो । मौशम अनुकुल वन्न सकिरहेको थिएन् । हिउ परिरहेकाले थियो आधार शिवीर जाने नजाने भन्ने विषयमा दोमन भयौ । घनश्याम जि, हरिकृष्ण जि लगाएतले मौशममले खासै असर नगर्ने र जसरी भएपनि वेसक्याम्प पुग्ने भनेपछि पुःन टोलि तयार भयो । विहान एकैछिन इटलि वेसक्याम्प को पछाडि पट्टी रहेको भित्त्तामा देखिएका मृगका वथान हेरिसकेपछि १५ जनाको टोलि मनमा केहि डर र केहि आट वोकेर वेसक्याम्पको लागि २ देखि ५ छाक सम्म पुग्ने वन्दोवस्तिका सामान बोकेर उकालो लाग्यौ ।

यात्रा सुरु गरेको ५ मिनेट नहुदै एउटा विशाल पहिरोले सवैको आट खल्वलाइदियो । साह्रै गाह्रो पहिरो रहेछ । २ खुट्टा अड्यायर ओर्लन निकैनै मुस्कील पर्ने त्यस वाटो मर्मत गर्न समेत नसकिने अवस्थाको छ । इटलि वेसक्याम्पको पछाडि वाट पल्लो भित्तामा झोलुङ्गे पुल तुरुन्तै निर्माण गर्नुपर्ने र त्याहावाट स्विस वेस क्याम्प सम्मको वाटो मर्मत गर्नुपर्ने सवैभन्दा टड्कारो आवश्यकता देखियो । इटलि वेस क्याम्प छोड्दा वित्तिकै देखि ग्ल्यासियर चट्टान (हिउको थुप्रोवाट वनेको चट्टानि संरचना) सुरु हुने हुँदा त्यसभन्दा उता स्थाइप्रकृतिको कुनैपनि संरचना वनाउन नसकिने देखिन्छ । त्यसैले हरेक वर्ष कम्तिमा अस्थाई वाटो मर्मतको नियमित वजेटको ब्यवस्था हुनुपर्ने र प्रत्यक वर्ष अस्थाई संकेत चिन्हहरु राख्ने ब्यववस्था गर्न सकेमा विदेशि पर्यटक हराउने, मृत्यू हुने सम्भावना केहि कम हुन सक्ने देखिन्छ ।

कल्पना गरेभन्दा निकैनै फरक भुगोल, वाटोको अवस्था रहेको पाइयो । स–साना हिमतालहरु देख्न पाइने । वल्लो डाँडा पल्लो डाँडा सवैमा सेतै हिउँरहेको थियो । बाटो हिड्दै गर्दा केहि असावधानि भयो भने ग्ल्यासियरको चट्टान विचमा फस्न कुनै वेर हुदैन् । ठुलाठुला भड्खालोहरुको छेवैवाट ग्ल्यासियको धारमा हिड्नुपर्ने । साच्चिकै साहसिक यात्रा गर्नुपर्ने । त्यस क्षेत्रलाई इटलि वेस क्याम्पमा वसेर अनुमान लगाउनु आकासका तारा गनिसके भन्नुमात्रै हुने रहेछ । वेसक्याम्पको वाटो म्याग्दी खोला ग्ल्यासियरमा लुकामारी खेल्दै वगीरहेको अनौठो दृश्यावलोकन गर्न पाईने ।

नजिकैवाट ठुलोठुलो आवज सहित खस्ने हिमपहिरो अर्काे जोखिम पुर्ण र डरलाग्दो यात्रा हो । ५औ दिन दिउसो विभिन्न अवरोध छिचोल्दै ४ वजेको नजिक वेसक्याम्प को अलि तल (पथप्रदर्शक हरि तिलिजाको भनाइमा हामिहरु त्यस क्षेत्र भन्दा मानि वास वस्यौ भने मौसम ठिक नभएको कारण जे पनि हुन सक्छ) वस्ने निधो गरि ग्ल्यासियर माथि अलि वढि ढुंगामाटो थुप्रिएको ठाऊ हेरेर वासवस्ने निधो ग¥यौं ।

टेण्ट टाङ्गन के लागेका थियो वर्षा सुरु भइहाल्यो । भिजेरै भएपनि ३ वटा टेण्ट तयार गरियो । सुप, चाउचाउ र कफि खाइवरी रात विताउन आट ग¥यौ । वरिपरि हिमशिखरहरु लहरै छन । छिनछिनको अन्तरालमा ठुलै आवज ससिहत हिमपहिरो खसेको खस्यै गथ्यो । एउटा टेण्टमा ५ जनाको दरले बसेका थिए ।

विच्छयाउन एउटा म्याट्रेक्स वाहेक अर्काे चिज केहि थिएन् । झर्लक्क आफ्नो विस्ताराको याद सवैलाई आएको थियो । चिसोमा हामीलाई टेण्टमा रात बिताउन कठिन भयो । जसोतसो विहान ५ वजाइयो वाहिर निसकेर हेदा सिमसिम पानि परिरहेको थियो । अहिले छोड्ला एकैछिनमा छोड्ला भन्दा भन्दै ७ वजेतिरवाट हिमपात हुन सुरु ग¥यो । हिमपात झनझन वढ्दै गयो दिउसोको २ वज्यो हिमपात हुन छोडेन । हामिहरु त्यसैदिन वेसक्याम्पको अवलोकन गरि फर्केर इटलि वेसक्याम्प पुग्ने योजना थियो । योजना त्यसै हिमपातमा विलय भएर गयो ।
टेण्ट भित्रै वसेर एउटा टेण्टको समुहले अर्काे टेण्टको समुहलाई नदेखिकनै २ वजाइसकेको थियो । जसोतसो पथप्रदर्शक संग भएको सेट फोन प्रयोग गरेर म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने कार्य गरियो कि हामिहरु हिमपातमा फसेका छौ आज वाहिर निस्कन सकिने अवस्था छैन अझै १ दिनलाई हुने सामान्य फुड्सहरु हामिसंग मौज्दात छ त्यसपछि के हुन्छ जानाकारी गराउछौ भनि जिल्लामा जानाकारी गराइयो । केहिछिनपछि ३ वजेतिर मौसममा केहि सुधार हुने संकेत देखिएपछि हामिहरु वेसक्याम्पममा पुग्ने निधो ग¥यौ ।

हरिकृष्ण श्रेष्ठ, हरिप्रसाद पौडेल, वालकृष्ण पौडेल, रामप्रसाद अधिारी, युवराज पौडेल, अमर वानिया, घनश्याम खड्का, कमल खत्रि र पथप्रदर्शक हरि तिलिजा धौलागिरी वेसक्याम्प पहिलो मा प्लाष्टिक ओढेरै पुग्यौ । हिउ परिरहेको थियो । वाटो चिनिने अवस्था थिएन । चिप्लिदै र लड्दै वेसक्याम्प पुग्यौ । वेसक्याम्पको परिसरमा टिनको वाकस, डब्बा, कपडा, सिलिण्डर लगाएत अन्य वन्दोवस्तिको फोहोरको डंगुर थियो । यसलाइ हेर्दा लाग्थ्यो त्यो फोहोर त्यसैगरि छोडिरहने हो भने केहि समय पछि त्यो थुप्रोको उचाइ ८२०० मिटर पुग्छ । त्यसैले फोहोर ब्यवस्थापन गर्न भइरहेको मौजुदा कानुनको पुर्ण पालना गराउन जिम्मेवार पक्ष लाग्नुपर्ने, पर्यटक प्रहरीको ब्यवस्था गर्नुपर्ने, दोभान वा इटलि वेसक्याम्पमा चेकप्वाइण्टको ब्यवसथा गर्नुपर्ने टड्कारो आवश्यकताको महासुस गरियो ।

धौलागिरी वेसक्याम्पमा प्लाष्टिक ओढेर पुगेको हाम्रो ९ जनाको टोलि वडो जोस र जागर अनि आँटसंग वेसक्याम्पमा झण्डै डेढघण्टा विताएर पुःन क्याम्पमा फिर्ता भयौ । क्याम्प नजिकैको डाडोमा फोटोशेसनमा जुट्यौं । यतिवेला सम्म ५३० वजिसकेको थियो । कफि, चाउचाउ र सुपको भरमा सोहि स्थानमा दोस्रो रात काट्ने निधो ग¥यौ । हमिहरु ज्ुन स्थानमा क्याम्प खडा गरिवसेका छौ त्यहाँ रेस्क्यूका लागि मात्रै भएपनि एउटा सानो टहरा निर्माण गर्न टोलिले सिफारिस गर्नुपर्छ र यस स्थानको समेत स्थानिय नामाकरण गरि वेसक्याम्पको नाम दिनुपर्छ भन्नेमा हाम्रो टोलि सहमत भयो ।

१७ गते विहान ५ः०० वजे वाहिर निस्कदा वरिपरि सवै हिउ जमेर टेक्ने ठाऊ थिएन् । जता टेक्यो उतै चिप्लने भएको थियो । तर आकासवाट भने हिउ झर्न वन्द भएको थियो । हामिहरु जतिसक्दो छिटो त्यस क्याम्प छोड्नुनै वढि वुद्धिमानि हुने थियो हामिहरु त्यसै ग¥यौ वचेखुचेको चिया कफि सुप विस्कुट आदि को नास्ता गरि ठिक ७३० वजे क्याम्प वाट ओरालो लागियो । वाटो चिप्लो थियो सोचेअनुसार हिड्न सकिने अवस्था थिएन जसोतसो ओरालो लागियो केहि चिप्लदै आफुलाई कन्ट्रोल गर्दै हिडियो ।

निकैवेरको हिडाइ पश्चात जापानि वेस क्याम्प नजिकै आइपुगेका थियौं । एउटा हेलिकोप्टर हाम्रो नजिकै हुदै खोलाको किनारै किनार वडो विस्तारै धौलागिरी वेसक्याम्पतीर उकालो लाग्यो । हामिहरु एकआपसमा कुरा ग¥यौ किन आयो ? त्यसैमा लख काटियो कि फ्लाइट अवलोकनको लागि आयोहोला अनुमान गर्दागर्दै हेलिकोप्टर पुःन ओरालो आयो र हामिहरुलाई एकफन्का लगायो अनि हामिलाई अझैवढि भ्रम वनायो कि यो किन आयो भनेर त्यति गर्दा हेलिकोप्टर ल्याण्ड गरिसकेको थियो । हामा्र केहि साथिहरु नजिकै भएकोले उनिहरुवाट जानाकारी लिएछ कि यस क्षेत्रमा एकजना विदेशि पर्यटक हराएको छ देख्नुभयो ? तर हामिले त कतैपनि पर्यटकलाई भेटाएनौ ।

यसैगरी त्यसक्षेत्रमा कतिजना वेखवर हुन्छन होला त्यसको आधिकारीक जानाकारी सायदै राज्यलाई होला । के थाहा हामिहरुको किस्मत खराव नभएकैले हामि वच्न सफल भयौ । उता इटलि वस्ने साथिहरु को होसहवास उडाएछ हेलिकोप्टरको आवाजले । जव हेलिकोप्टर इटलि वेसक्याम्प वस्यो त्यसको केहि क्षेणसम्म साथिहरु वोल्न समेत धक मान्ने हुनुभएछ । किनकि उहाहरुको वुझाइमा वेसक्याम्पमा हाम्रो टोलि वाहेक अरु कोहि पनि छैन हेलि आउनु भनेको हाम्रो गु्रपलाईनै समस्या भएर हो । तर जव हेलि हाम्रो नजिकवाट पुःन इटलि पुग्यो वहाहरु निकैनै हर्षसाथ सोहि हेलिवाट पोखरा फ्लाइट गरेर केहि समयमानै वेनि उत्रेर चोक तताइहाल्नुभयो ।
टिम त्यसैदिनको १२ वजे इटलि आइपुगेर खाना खाइवरी वेलुका वस्न घनघोर वर्षाको बावजुद दोभान पुग्यौ । १८ गते विहान दोभानवाट हिडेको टोलि निकै दौडधुपका साथ नाउराको गाउवाट तल्लो वाटो हुदै खिवाङ्ग को फेदि हुदै मुदि खार वाट अस्थाई क्रसिंग तरेर ताकम को हिलापोखरी वेलुकाको ८ वजे आइपुग्यो ।

दिउसोनै स्थानिय रुटमा चल्ने गाडीका सञ्चालनसंग समन्वय गरि तयार पारि राखेको हुदा ठिक ८२५ वजे ताकमको गैरावाट वस चढेर धारपानि आइपुग्दा एउटा ट्याक्टरले विग्रेर छेकेको वाटोलाई गूरुजिले वडो सावधानि पुर्वक वस क्रस गराइसकेपछि वेनि आइपुग्ने अशा थप जाग्यो । त्यसलाई चकनाचुर वनाउन दर्वाङ्ग पारिको देविस्थानको वाटोमा रहेको ट्याक्टरले निकै भुमिका खेलेको थियो त्यसको अवरोध समेत पार लगाई रातको ठिक ११५५मा जिविस म्याग्दीको कार्यालय अगाडि आइपुग्यौ ।
यात्रा निकैनै कठिन चुनौतिपुर्ण र रमाइलो रहयो । यात्रालाई नियाल्दा माथि उल्लेख गरिएका चुनौतिहरु पार गर्न नसकेमा केहि समय पछि कुनै समय धौलागिरी हिमाल आरोहण गर्न पर्यटकहरु आउथेरे भन्ने दन्त्य कथा वन्न कुनै वेर नलाग्ने हुदा जिम्मेवार सवैको वेलैमा ध्यान जान जरुरी छ । धौलागिरी वेस क्याम्प जानेअवसर जुटाउने सम्पुर्णमा हार्दिक आभार ।