विपद् व्यवस्थापनमा म्याग्दी जिविसको असहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ असार ।
बर्खा याम सुरु हुनै लाग्दा मिलेर बिपद् ब्यवस्थापनको तयारीमा जुट्नुपर्ने अवस्थामा म्याग्दीका सरोकारवाला दुई कार्यालयबीच द्धन्द्ध बढेको छ ।

पहिरो, भुक्षय र नदी कटानको जोखिममा रहेको म्याग्दी जिल्लाका बस्तीहरुलाई क्षत्ती हुनबाट जोगाउन तथा सम्भावीत विपद्को व्यवस्थापनका लागि तयारी गर्नुपर्ने बेलामा जिल्ला विकास समिति र भुसंरक्षण कार्यलय एक अर्कालाई आरोप लगाउने, जिम्मेवारीबाट पन्छिने, पुर्वाग्रही हुने र समन्वय गर्न छाडेका छन् ।

दुई कार्यालयका प्रमुख बिचको असमझदारी, द्धन्द्ध र बिवादले आपतकालीन बिपद् ब्यवस्थापनमा समस्या सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको बैठकमा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल र जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलबीच पछिल्लो समय बेनी र आसपासका क्षेत्रमा आएको बाढीको कारणका विषयलाई लिएर असहज रुपमा भनाभन भएको थियो ।gbs

भुसंरक्षण अधिकृत पौडेलले अब्यवस्थित रुपमा, जथाभावी डोजर चलाएर सडक निर्माण गर्दा पहिरोको समस्या बढेको बताउदै आउनुभएको छ । स्थानीय विकास अधिकारी पौडेलले भने भुसंरक्षण कार्यालयले जिविसलाई दोष मात्रै लगाएको र आफ्नो दायीत्वबाट पन्छिन खोजेको आरोप लगाउनुभएको छ । कार्यालय प्रमुखहरु बिच पहिरोको समस्याको कारणका विषयमा फरक धारणा र बिचारका कारण एकले अर्कालाई असहयोग र समन्वयको कमी देखिन थालेको छ ।

जसका कारण जिविसले सडक आयोजनामा बिनियोजन हुने कुल बजेटको पाँच प्रतिशत वृक्षारोपण, हरियाली प्रर्वद्धन र संरक्षणमा खर्च गर्नुपर्ने जिल्ला परिषद्को निर्णय कार्यान्वयन हुन सकेको छैन् । जिविसले भुसंरक्षण, वन र पशु सेवा कार्यालयसंग समन्वय गरेर सडक वरपर वृक्षारोपण गर्ने काम पछिल्लो दुई वर्षयता हुन नसकेको हो । यसैगरी पहिरो रोकथामका लागि तारजाली खरिद गरेर दुई कार्यालयले दुब्लीकेशन नहुनेगरी वितरण गर्दै आएकोमा पछिल्लो समय त्यसो हुन सकेको छैन् ।

उनिहरुले आ–आफ्नै तरीकाले तारजाली वितरण गरिरहेका छन् । भुसंरक्षण कार्यालयले बर्खा याममा हुने बाढी, पहिरो र भुक्षयको अवस्थामा आपतकालीन ब्यवस्थापनका लागि संयुक्त लगानीमा तारजाली खरिद गर्न गरेको प्रस्ताव जिविसले अस्विकार गरेको छ । जिविस स्रोतका अनुसार स्थानीय विकास अधिकारी पौडेल भुसंरक्षण अधिकृतप्रती यती सम्म पुर्वाग्रही हुनुभएको छकी ‘जिविसले आयोजना गर्ने कार्यक्रममा भुसंरक्षण अधिकृतलाई नबोलाउन दिर्नेशन दिनुभएको छ ।’

स्थानीय विकास अधिकारी पौडेलले सरकारी कार्यालयहरु समन्वय गरेर अघि बढ्नुपर्नेमा एकले अर्कालाई बिरोध र जिम्मेवारीबाट पन्छिएर समस्याको समाधान नहुने प्रतिक्रिया दिनुभयो । भुसंरक्षण अधिकृत पौडेलले सडक निर्माणका विषयमा नियमनकारी निकाय संवेदनशिल बन्नुपर्ने विषयमा जिल्लाको हितका लागि आफ्नो पेशागत आवाज उठाएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जिविस र भुसंरक्षण कार्यालयबीच बाहीर सार्वजनीक भएको जस्तो बिवाद नरहेको तथा यसले विपद् ब्यवस्थापनमा समस्या नआउने दावी गर्नुभयो । प्रजिअ आचार्यले दुई वटै कार्यालयका प्रमुखलाई बिरोध, बिवाद नगर्न र समन्वय गरेर अघि बढ्न निर्देशन दिएको प्रशासन स्रोतले जनाएको छ ।