म्याग्दीमा आधिकारिक ट्रेड युनियनको अध्यक्षमा सापकोटा

विकल्प न्यूज/बेनी
म्याग्दी,असार २ गते ।
chandramani sapkotaम्याग्दीमा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा चन्द्रमणि सापकोटा चयन हुनुभएको छ । गत जेठ १९ गते भएको निर्वाचनमा विजयी भएका तीन कर्मचारी सङ्गठनको सहभागितामा आधिकारिक टे«ड युनियन गठन भएको हो । निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका चन्द्रमणि सापकोटाका अध्यक्षतामा गठन भएको युनियनका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरिनाका साथै सपथ गराइएको छ ।adikarik trade (3)

निजामती कर्मचारी सङ्गठनका तर्फबाट कोषाध्यक्षमा चित्रनाथ आचार्य, सहसचिवमा प्रकाश गुरुङ तथा सदस्यमा सगुन कसजु, रामचन्द्र रेग्मी र मेघनाथ गैह्रे चयन हुनुभएको छ ।

यसैगरी नेपाल निजामती कर्मचारी युनियन९सङ्घ०का तर्फबाट उपाध्यक्षमा डिल्लीराम रेग्मी, सदस्यमा लीलानाथ पौडेल र लक्ष्मीकुमारी केसी चयन हुनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका तर्फबाट सचिवमा सुभाष रेग्मी र सदस्यमा गोविन्द सुनार चयन हुनुभएको छ । पदाधिकारी तथा सदस्यलाई निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिवक्ता खेमराज पाठकले सपथ गराउनुभएको थियो ।