बेनी सामुदायिक उच्च माविको कक्षा कोठा भवन र सभाहल उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३२ जेठ ।
सदरमुकाममा रहेको बेनी सामुदायिक उच्च माविको नवनिर्मीत कक्षा कोठा भवन र सभाहलको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

शिक्षक अभिभावक संघ पुर्नगठनका लागि आयोजित अभिभावक भेलाका अवसरमा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले सभाहल र जिशिअ रामप्रसाद अधिकारीले कक्षा कोठा भवनको उद्घाटन गर्नुभएको हो । जिल्ला शिक्षा कार्यालयको २४ लाख र विद्यालयको ११ लाख ४७ हजार ९९२ रुपैयाँको लागतमा चार कोठे कक्षा कोठा भवन निर्माण भएको छ ।

यसैगरी जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पुर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप)को दश लाख ३२ हजार ३८२ रुपैयाँ र विद्यालयको ३० हजार ९१४ रुपैयाँ लगानीमा एक कोठे सभाहल निर्माण भएको हो । शैक्षिक उपलब्धिका हिसाबले राष्ट्रिय स्तरमा नाम कमाउन सफल ८७८ जना विद्यार्थीले अध्ययन गर्ने बेनी सामुदायिकमा पाच वटा भवन रहेका छन् ।DSC00137

शिक्षक अभिभावक संघका अध्यक्ष मनोज पौडेलको अध्यक्षता, शिक्षक टिकानाथ पौडेलको सञ्चालन र सहायक प्रअ कासीराम रेग्मीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ दिपक श्रेष्ठले प्रगती र लेखापाल सचिन शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भेलाले कृष्णबहादुर बानियाँको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको पुर्नगठन गरेको छ । सदस्यमा पदमबहादुर किसान, दिपक श्रेष्ठ, प्रमिला श्रेष्ठ, टेकबहादुर केसी, ममता पाईजा, ईन्द्रबहादुर आचार्य, बालकृष्ण कार्की, लिलाधर गैरे, हरिप्रसाद पौडेल र गंगा ढुंगाना रहनुभएको छ ।

सो कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल, जिशिअ रामप्रसाद अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम किसानले मन्तब्य व्यक्त गर्नुभएको थियो ।