समाचार
कस्तुरी सहकारीद्धारा करिब १८ करोड लगानी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ भदौ । बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७२/७३ मा करिब १८ करोड रुपैयाँ लगानी गरेको छ ।संस्थाको शनिबार बेनीमा सम्पन्न सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा १७ करोड ८७ लाख ९४ हजार ५२७ रुपैयाँ लगानी गरेको जानकारी गराइएको हो । यसैगरी संस्थाले सो अवधिमा ३५ […]
आविष्कार केन्द्रको लागि म्याग्दीमा सहयोग संकलन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ भदौ । राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदाय स्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ । विज्ञान, प्रबिधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन अभियान सुरु भएको हो । पहिलो दिनमै ४१ जनाबाट चार लाख रुपैयाँ […]
घोडा दौड प्रतियोगिताको उपाधि अधिकारीलाई

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ साउन । उपल्लो मुस्ताङका गुरुङ समुदायको प्रमुख पर्व मानिने यार्तुङको अवसरमा मुक्तिनाथमा यार्तुङ महोत्सव सम्पन्न भएको छ । बाह् गाउले गुरुङ समुदायको सांस्कृतीक पर्व यार्तुङको अवसरमा चार दिनसम्म सञ्चालीत महोत्सवमा साहसीक खेल घोडा दौड प्रतियोगिताको आयोजना गरिएको थियो । आन्तरीक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मुक्तिनाथको जनप्रिय युवा कल्वले […]
बिद्यार्थिले गरे गलेश्वर मन्दिर सरसफाई

विकल्प न्यूज/बेनी भदौ ३ गते । वेष्ट पोइन्ट कलेजका बिद्यार्थीहरुले गलेस्वर मन्दिर परिसर सरसफाई गरेका छन् । कलेजमा बिबिएस तहमा अध्ययनरत बिध्यर्थिले साउन ३२ गते मंगलबार बिहान ७ बजे देखि ११ बजे सम्म मन्दिर परिसर र उद्दान समेत सरसफाई गरेका हुन् ।श्रावण महिनाको सोमबार बिशेष गरि शिब मन्दिरमा दर्शनार्थीको बढी चाप हुने र त्यसका कारण […]
आविस्कार केन्द्र स्थापनाका लागि सहयोग जुटाउन म्याग्दीबासी जुट्न थाले

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि सहयोग जुटाउन म्याग्दीबासीले पनि उत्सुकता देखाएका छन् । पुनको अगुवाईमा स्थापना हुन लागेको केन्द्रका लागि आर्थिक सहयोग जुटाउन जिल्लाका उद्योगी, ब्यापारी, वुद्धीजिवी, नागरीक अगुवा लगायतले चासो देखाएका हुन् । जसका लागि म्याग्दी उद्योग वाणिज्य […]
म्याग्दी जिविसको मोटरसाइकल लिएर सवइञ्जीनीयर कुलेलम
विकल्प न्यूज/बेनी भदौ १ गते । यहाँको एक कार्यालयमा कार्यरत सवइञ्जीनीयर सरकारी मोटरसाइल लिएर ८ महिना देखि वेपत्ता छन् । जिल्ला विकास समिति अन्तर्गत रहेको विकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम(ड्रिलिप) मा कार्यरत छिस्ती १ बागलुङ स्थायी ठेगना भएका वसन्त शर्मा जिविस म्याग्दीको मोटरसाइकल लिएर कुलेलम ठोकेका हुन । करार अवधि सकिएको आठ महिना […]
न्यु वेष्ट पोइन्टमा रक्षाबन्दन कार्यक्रम

विकल्प न्यूज/बेनी म्याग्दी भदौ १ गते । न्यु वेष्ट पोइन्ट आबासिय उच्च माविमा रक्षा बन्धनको पूर्व सन्ध्यामा एक कार्यक्रम गरिएको छ । वेष्ट पोइन्ट मंटेस्वरी देखि कलेज सम्म कार्यरत करिब १२० जना शिक्षक तथा कर्मचारी अन्तर्गत शिक्षिका र कर्मचारीहरुले मंगलबार सो कार्यक्रमको आयोजना गरेका हुन् । मंटेस्वरी, स्कुल र कलेज फरक फरक समय र स्थानमा […]
गलेश्वरमा पहिरोमा पुरीएर एक जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ भदौ । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको छ । घरको करेसातर्फ रहेको खेतबाट मंगलबार राती आएको पहिरोले घर पुर्दा दग्नाम ४ घर भई हाल गलेश्वर बस्ने ४९ वर्षिय नकबहादुर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा […]
गलेश्वरमा १२ लाख रुपैयाँ भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै करिब बाह् लाख रुपैया भेटि संकलन भएको छ । साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पुजाआचा र दर्शनका लागि आएका भक्तजनले ११ लाख ७४ हजार ७१५ रुपैयाँ भेटि चढाएका हुन् । यस वर्षको साउन महिनामा पाँच वटा सोमबार परेको […]
म्याग्दीका खड्का प्रधानमन्त्रीको सचिवालयमा

विकल्प न्यूज/बेनी साउन ३२ गते । म्याग्दीको बाबियाचौरका पुनम खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयमा नियुक्त हुनुभएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीका नेता तथा वाईसीएलका केन्द्रिय सदस्य खड्कालाई सोमबार प्रधानमन्त्री दाहालले स्वकीय सचिवालयमा नियुक्त गर्नुभएको हो । खड्का सहिद नन्दबहादुर खड्काका छोरा तथा सृजना खड्काका दाजु हुनुहुन्छ ।
बेग र बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको शिलन्यास

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ३२ साउन । म्याग्दीको बेगखोला गाविसको बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माण गर्न लागिएको नेपालकैै लामोे झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । रु ३ करोड २२ लाख ९ हजार ७५२ लागतमा निर्माण गर्न लागिएको उक्त झोलुङ्गे पुलको स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले सोमबार शिलन्यास गर्नुभएको हो । पुलको शिलन्यास गर्दै […]
अन्डर फाइब फुटबल प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी साउन ३२ गते । न्यु वेष्ट पोइन्ट आबासिय उच्च माविमा अन्डर फाइब (पांच कक्षा भन्दा मुनिका) छात्रा तथा छात्र फुटबल प्रतियोगिता सम्पन भएको छ । ५ दिन सम्म संचालन भएको प्रतियोगितामा छात्रा तर्फ ४ टिम र छात्र तर्फ ८ टिम रहेका थिए । छात्रा तर्फ ग्रीन हाउस (हरियो सदन) प्रथम, यल्लो हाउस (पंहेलो […]
दृष्टिविहिन गोपाल खत्रीको शिक्षालाई धौलागिरीको सहयोग

विकल्प न्यूज/बेनी साउन ३१ ग्ते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले म्याग्दी बहुमुखी क्याम्पसको शिक्षा संकायमा अध्ययरत दृष्टिविहिन गोपाल खत्रीलाई आर्थिक सहयोग गरेको छ । सोमबार सहकारीमा आयोजित कार्यक्रममा स्नातक तह प्रथम बर्षमा अध्ययरत खत्रीको चारबर्षसम्म भर्ना, मासिक, परिक्षा सहित शैक्षिक गतिविधिमा लाग्ने सम्पुर्ण खर्च उपलब्ध गराउने सहकारीका अध्यक्ष […]
मिर्गौला पीडित इन्द्रा खत्री भन्छीन ः म बाँच्न चाहन्छु

विकल्प न्यूज/बेनी साउन ३१ गते । म्याग्दीको ताकम ४ स्थायी घर भएकी २६ वर्षीय इन्द्रा खत्री एक वर्ष देखि मिर्गौला रोगबाट पीडित छिन् । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले मृगौला रोगको उपचार गर्न आर्थिक जुटाउन सकिनन् । उपचारमा सहयोग गर्न खत्रीले सवैमा अपिल गरेकी छिन् । म बाँच्न चाहन्छु उनले भनिन ‘तर म […]
सहकारीद्धारा सञ्चालीत सामुहिक बंगुर फार्मबाट १३ लाखको बंगुर बिक्री

विकल्प न्यूज/बेनी साउन ३१ गते । पर्वतको माझफाँट २ मा सहकारीद्धारा सञ्चालीत सामुहिक बंगुर फार्मबाट वार्षिक १३ लाख रुपैयाँ बराबरको बंगुर बिक्री भएको छ । धौलागिरी बंगुरपालन सहकारी संस्थाले सञ्चालन गरेको सामुहिक बंगुरपालन फार्मबाट गत आर्थिक वर्ष २०७२७३ मा तेह् लाख रुपैयाँ मूल्यको बंगुर बिक्री भएको हो । दुई सय वटा भन्दा बढी बंगुर बिक्री […]