गलेश्वरमा पहिरोमा पुरीएर एक जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ भदौ ।
म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको छ ।

घरको करेसातर्फ रहेको खेतबाट मंगलबार राती आएको पहिरोले घर पुर्दा दग्नाम ४ घर भई हाल गलेश्वर बस्ने ४९ वर्षिय नकबहादुर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा पहिरोमा पुरीDSC03024एर घाइते भएका गर्बुजालाई प्रहरी र स्थानीयबासीले उद्धार गरेर अस्पतालमा ल्याएका थिए । सो घरमा गर्बुजाको छ जनाको परिवार बस्दै आएका थिए । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् । हिजो राती १०.३० बजेको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ ।