न्यु वेष्ट पोइन्टमा रक्षाबन्दन कार्यक्रम

विकल्प न्यूज/बेनी
म्याग्दी भदौ १ गते ।
न्यु वेष्ट पोइन्ट आबासिय उच्च माविमा रक्षा बन्धनको पूर्व सन्ध्यामा एक कार्यक्रम गरिएको छ । वेष्ट पोइन्ट मंटेस्वरी देखि कलेज सम्म कार्यरत करिब १२० जना शिक्षक तथा कर्मचारी अन्तर्गत शिक्षिका र कर्मचारीहरुले मंगलबार सो कार्यक्रमको आयोजना गरेका हुन् । मंटेस्वरी, स्कुल र कलेज फरक फरक समय र स्थानमा संचालन हुने र शिक्षक कर्मचारी धेरै हुदा एकले अर्कोलाई राम्रोसंग चिन्ने अवसर पनि नहुने भएकोले बिगत २ वर्ष देखि रक्षाबन्धनको अबसरमा यस प्रकारको कार्यक्रम आयोजना हुने गरेको छ ।
शिक्षिकाहरु द्वारा भगिनत्व र भात्रित्त्वको भावना बिकास गराउने उद्स्यले यस्ता कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् भने हरितिलाका तिजको अवसरमा शिक्षक तथा पुरुष कर्मचारीले दर खुवाउने कार्यक्रमको आयोजना गर्ने गर्दछन । 6आफ्नो घर देखि टाढा रहंदा दिदीबहिनीको हातबाट राखी बाध्न नपाउने हुदा शिक्षिकालाइ नै दिदि बहिनि मानेर राखी समेत बाध्ने गर्दछन, त्यस्तै तीजमा आफ्नो घर जान नपाउने अबस्थामा न्यास्रो हुन नदिन शिक्षकहरु द्वारा गरिने दर खुवाउने कार्यक्रमले केहि हदसम्म माइतीको झल्को मेटिने गरेको समेत महिला कर्माचारी तथा शिक्षिकाको अनुभब छ ।

बिद्यालय समय सकिए पश्चात विद्यालयको सभाहलमा सांझ ५ बजे देखि कार्यक्रमको आयोजना गरिएको हो । 4बिभिन्नमनोरञ्जनात्मक खेलकुद, गीत र नाच समेत प्रस्तुत गरि कार्यक्रम सम्पन्न भएको हो । रमाइलो खेल तातो आलु खेलमा शिक्षक गणेश चोखाल प्रथम, सुमन पौडेल दिप्तिय र वेस्ट पोइन्ट एजुकेशन फाउन्डेसन प्रालिका सदस्य तथा शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार तृतीय भएका छन् भने बिजेतालाई प्राचार्य गङ्गा प्रसाद खतिवडाले पुरस्कार वितरण गरेका थिए ।
वेस्ट पोइन्ट कलेजका अतिथि लेक्चरर तथा शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षिका सनिता केसीले स्वागत र शिक्षिका सुनिता गौतमले रक्षाबन्धनको महत्वको बारेमा बोलेका थिए । त्यसैगरी मंटेस्वरी संयोजक टि.एन पुन, मेडिकल इन्चार्ज तथा शिक्षिका बिमला पुन, गीता भट्टराई देबी जिसीले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन शिक्षिका देबी जिसीले गरेको र हरितालिका तिजको अबसरमा दर खाने कार्यक्रमको लागि शिक्षक तथा पुरुष कर्मचारीद्वारा सोही दिन नै औपचारिक निम्तो समेत दिइएको कुरा वेस्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताए ।