ताजा समाचार:
Search

आविस्कार केन्द्र स्थापनाका लागि सहयोग जुटाउन म्याग्दीबासी जुट्न थाले

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ भदौ ।
सूचना प्रबिधिका अभियन्ता महाविर पुनको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि सहयोग जुटाउन म्याग्दीबासीले पनि उत्सुकता देखाएका छन् ।
पुनको अगुवाईमा स्थापना हुन लागेको केन्द्रका लागि आर्थिक सहयोग जुटाउन जिल्लाका उद्योगी, ब्यापारी, वुद्धीजिवी, नागरीक अगुवा लगायतले चासो देखाएका हुन् । जसका लागि म्याग्दी उद्योग वाणिज्य संघको पहलमा अभियन्ता पुनसंग बेनीमा अन्तरक्रिया गरिने भएको छ ।

भदौ ४ गते शनिबार बिहान म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा जिल्लाका निजी क्षेत्र, राजनितिक दल, सामाजिक संघ संस्थाका प्रतिनीधिरुबिच छलफल कार्यक्रम तय भएको संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।mahabir-punउहाँका अनुसार अभियान्त पुनसंग आविश्कार केन्द्रको आवश्यकता, यसको उद्देश्य र अभियानको प्रगतीको बारेमा छलफल गरिने भएको हो । विज्ञान, प्रविधि, कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रको विकासका लागि केन्द्र मार्फत काम गर्ने पुनको योजना छ ।

सरकारबाट आवश्वासन भन्दा अरु सहयोग नपाएपछि जनताबाट चन्दा संकलन गरि आविश्कार केन्द्र बनाउने अभियानमा जुटेका पुनले कास्कीको बेगनास स्थित ठुलाकोट डाँडामा रहेको आफ्नो तिन करोड रुपैया मूल्य पर्ने २८ रोपनी जग्गा दान गर्ने घोषणा गर्नुभएको छ ।

म्याग्दीको राम्चे गाविसको नांगीमा जन्मनुभएका पुनले ग्रामिण क्षेत्रमा सूचना प्रबिधिको पहुँच विस्तार गरेवापत सन २००७ मा एशियाको नोवेल पुरस्कार मानिने म्यागासेस पुरस्कार प्राप्त गर्नुभएको छ ।