ताजा समाचार:
Search

म्याग्दी जिविसको मोटरसाइकल लिएर सवइञ्जीनीयर कुलेलम

विकल्प न्यूज/बेनी
भदौ १ गते । gbsयहाँको एक  कार्यालयमा कार्यरत सवइञ्जीनीयर सरकारी मोटरसाइल लिएर ८ महिना देखि वेपत्ता छन् । जिल्ला विकास समिति अन्तर्गत रहेको विकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम(ड्रिलिप) मा कार्यरत छिस्ती १ बागलुङ स्थायी ठेगना भएका वसन्त शर्मा जिविस म्याग्दीको मोटरसाइकल लिएर कुलेलम ठोकेका हुन ।
करार अवधि सकिएको आठ महिना वितिसक्दा पनि शर्माको जिम्मामा रहेको समानको बझवुझारथ गर्न नआएको जिविसले जनाएको छ । DSC02013२०६५ बैशाख १ गते देखि सव इन्जीनीयर पदमा करार नियुक्ती भएका शर्माको २०७२ पौष मसान्तमा शर्माको करार अवधि सकिएको थियो । करार अवधि सकिए पनि शर्मालाई जिविसले दिएको बा २ ब ७४३ नम्बरको नयाँ डिस्कोभर मोटरसाइकल,हेलमेट,सादा खाट र प्लास्टीक कुर्ची बुझाउन पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएको जिविसको स्टोर हेर्ने कर्मचारी रेणु बज्रचार्यले बताउनुभयो । हुलाक मार्फत समान वुझाउन ल्याउने व्यहोराको पत्र पठाएको थियौ बज्रचार्यले भन्नुयभो ‘सम्बन्धित व्यक्ति फेला नपरेको भनेर पत्र फिर्ता आयो ।’ DSC02010जिविस भन्छ सोचीरहेका छौ
कार्यालयमा करारमा कार्यरत कर्मचारीको सेवा अबधि सकिएको ८ महिना वितिसक्दा पनि उसले प्रयोग गरेको मोटरसाइकल फिर्ता ल्याउने विषयमा के भइरहेको छ भन्ने जिज्ञासा राख्दा हामी सोचीरहेका छौ भन्ने जवाफ जिविसको आयो । नागरिकले राजश्व तिरेको रकमबाट खरिद गरिएको सरकारी सम्पक्तिको यसरी दुरुपयोग हुँदा पनि सम्बन्धित निकाय चुप लागेर वसेको छ । यता जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले सामान फिर्ता ल्याउने कानुनी प्रक्रिया सुरु गरिएको बताउनुभएको छ । शर्माले उक्त मोटरसाइकल आफ्नो निजी कामका लागि बागलुङमा प्रयोग गरेको पाइएको छ ।  यसवारेमा थप कुरा बुझ्न शर्मालाई सम्पर्क गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।