ताजा समाचार:
Search

कस्तुरी सहकारीद्धारा करिब १८ करोड लगानी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ भदौ ।
बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७२/७३ मा करिब १८ करोड रुपैयाँ लगानी गरेको छ ।DSC03143संस्थाको शनिबार बेनीमा सम्पन्न सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा १७ करोड ८७ लाख ९४ हजार ५२७ रुपैयाँ लगानी गरेको जानकारी गराइएको हो । यसैगरी संस्थाले सो अवधिमा ३५ करोड ४१ लख ७० हजार ४१८ रुपैयाँ बचत संकलन गरि ३१ करोड ५५ लाख ३० हजार १९७ रुपैयाँ निक्षेप फिर्ता गरेको जनाएको छ ।

दुई करोड ८६ लाख ९१ ह्जार ३९१ रुपैयाँ आम्दानी र दुई करोड ७८ लाख १६ हजार ७८५ रुपैयाँ खर्च गरेको संस्थाले आठ लाख ७४ हजार ६०६ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।DSC03136९६ लाख ३५ हजार चार सय रुपैयाँ सेयर पँुजी रहेको संस्था अन्तरगत सञ्चालित कस्तुरी सब मनि ट्रान्सफरले गत आर्थिक वर्षमा नौ करोड तिन लाख दुई हजार ८११ रुपैयाँ रेमिटेन्स भुक्तानी गरेको छ ।

साधारणसभाको अवसरमा २०७२ को एसएलसी परिक्षा उतिर्ण हुने संस्थाका सेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । अन्तिमा श्रेष्ठ, निशान शाक्य, टिना बुढा, निरुसा श्रेष्ठ, सुवानी श्रेष्ठ र स्वेता श्रेष्ठलाई सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दरकुमार श्रेष्ठको स्वागत र सचिव बिनय श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सल्लाहकार मिना चोखालको प्र्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र श्रेष्ठ, सेयर सदस्य अनुमान श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष शाक्यले प्रगति, कोषाध्यक्ष सुन्दरमान शेरचनले आर्थिक र लेखा समिति संयोजक नारायणकुमार श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।