गलेश्वरमा १२ लाख रुपैयाँ भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३२ साउन ।
बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै करिब बाह् लाख रुपैया भेटि संकलन भएको छ ।

साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पुजाआचा र दर्शनका लागि आएका भक्तजनले ११ लाख ७४ हजार ७१५ रुपैयाँ भेटि चढाएका हुन् । यस वर्षको साउन महिनामा पाँच वटा सोमबार परेको थियो ।DSC02448पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ सोमबारका दिन क्रमश एक लाख ९५ हजार ३२२, एक लाख ८२ हजार ३२३, दुई लाख ३३ हजार ७३५, दुई लाख २९ हजार १५७ र तीन लाख ३४ हजार १६९ रुपैया भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

गलेश्वर मन्दिरमा संकलन हुने भेटि साप्ताहीक र मासिक रुपमा सार्वजनीक गरिदै आएको छ । यस वर्षको साउन महिनाको सोमबारका दिन पारेर पुजाआजा र दर्शनका लागि एक लाख ५० हजार जना भक्तजन आएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

संकलीत भेटि कोषको खातामा जम्मा गर्नुका साथै मन्दिर परिसरमा पुर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन हुदै आएको छ । कालीगण्डकी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टान माथि अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । मुक्तीनाथ प्रवेशद्धार मानिने गलेश्वरमा सतीदेवीको गला पतन भएको धार्मीक ग्रन्थहरुमा उल्लेख छ ।

यसैगरी साउने मेलामा भक्तजनलाई सहज र व्यवस्थित रुपमा पुजा आरधना गर्ने व्यवस्था मिलाउन सहयोग गर्ने संघ संस्था र व्यक्तिहरुलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषको मंगलबार बसेको बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

जिल्ला प्रशासन, प्रहरी कार्यालय, श्रीबक्स गुल्म, गलेश्वर आमा समूह, गलेश्वर युवा कल्व, गलेश्वर समाज, गलेश्वर टोल सुधार समिति, काउलेगौडा युवा कल्ब आमा समूह र समाज आमा समूह नेप्टेचौर, कालीगण्डकी आमा समूह, चिमखोला समाज, सामुदायीक प्हरी सेवा केन्द्र, गलेश्वर आदर्श बोडीङ, वेष्ट पोईन्ट कलेज पत्रकार तथा सञ्चार माध्यमहरुलाई धन्यवाद ज्ञापन गरिएको कोषले जनाएको छ ।