घोडा दौड प्रतियोगिताको उपाधि अधिकारीलाई

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ साउन ।
उपल्लो मुस्ताङका गुरुङ समुदायको प्रमुख पर्व मानिने यार्तुङको अवसरमा मुक्तिनाथमा यार्तुङ महोत्सव सम्पन्न भएको छ ।

बाह् गाउले गुरुङ समुदायको सांस्कृतीक पर्व यार्तुङको अवसरमा चार दिनसम्म सञ्चालीत महोत्सवमा साहसीक खेल घोडा दौड प्रतियोगिताको आयोजना गरिएको थियो ।

आन्तरीक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मुक्तिनाथको जनप्रिय युवा कल्वले महोत्सव आयोजना गरेको हो । साउन ३१ गते सुरु भएको महोत्सव भदौ २ गतेसम्म सञ्चालन भएको थियो ।santosh3१४ जना सहभागि घोडा दौड प्रतियोगितामा उच्च शिखर सैनीक शिक्षालयका राजकुमार अधिकारी प्रथम हुदै नगद तिस हजार पुरस्कार हात पारेका जनप्रिय युवा कल्वका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो ।

मनाङको एमबिसी कल्वका प्रतिनिधि दितृय हुदै नगद बिस हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस प्रतियोगितामा सहभागिले तिब्र गतिमा घोडा दौडीरहेको अवस्थामा भुईमा राखिएको खादा टिप्ने गर्छन् ।

महोत्सवमा पन्ध्र हजार जना दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन् । महोत्सवमा उपल्लो मुस्ताङमा बसोबास गर्ने गुरुङ समुदायले परम्परागत भेषभुषा र पहिरन लगाएर मौलीक गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

बाढी, पहिरो र विपद्को भय हुने बर्खा याम सकिएको र हिउद सुरु भएको संकेतका रुपमा यार्तुङ पर्व मनाउने चलन रहेको स्थानीय बासिन्दा तेसरीङ ढेवाले बताउनुभयो ।