बेग र बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको शिलन्यास

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, ३२ साउन । DSC02964म्याग्दीको बेगखोला गाविसको बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माण गर्न लागिएको नेपालकैै लामोे झोलुङ्गे पुलको शिलन्यास गरिएको छ ।

रु ३ करोड २२ लाख ९ हजार ७५२ लागतमा निर्माण गर्न लागिएको उक्त झोलुङ्गे पुलको स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले सोमबार शिलन्यास गर्नुभएको हो । पुलको शिलन्यास गर्दै स्थानीय विकास अधिकारी पौडेलले पुल निर्माण पछि बाँदुक र बेग गाउँका सर्वसाधारणलाई आवत जावत गर्न सहज हुने बताउनुभयो ।  DSC02949उहाँले भूरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै रुइसे पुग्ने पदमार्गको परिकल्पना समेत गरिएकाले उक्त झोलुङ्गे पुल निर्माण भएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा राख्नुभयो । ३ सय ६५ दशमल ८ मिटर लामो हुने उक्त झोलुङ्गे पुल अहिलेसम्मकै लामो हुने जिविसको दावि छ । बाँदुक र बेग गाउँलाई जोड्ने उक्त पुल १ सय मिटर भन्दा अग्लो हुनेछ । पुल निर्माण भएपछि बाँदुक र बेग गाउँको करिब तिन घण्टाको पैदल यात्रा ३० मिनेटमै छोटिनेछ ।
पुल शिलन्यास कार्यक्रममा राजनितिक दलको तर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेल, निर्मार्ण व्यवसायि ओम गौचन, आदीवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष ओम छन्त्याल, स्थानीय बासी चुकबहादुर शेरपुञ्जा, बेगबहादुर पुर्जा, ओमकुमारी थापा लगायतले जिल्लाकै गौरबको आयोजनाको रुपमा रहेको यस झोलुङ्गे पुललाई समयमै गुणस्तरीय तवरले सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।DSC02961नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, राप्रपाका उपाध्यक्ष बिरबहादुर थापा, राप्रपा नेपालका सचिव प्रेमप्रसाद शर्मा, जिल्ला प्राबिधिक कार्यालयका ईञ्जिनियर रवीन मर्हजन लगायतको शिलन्यास कार्यक्रममा सहभागीता रहेको थियो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नेत्र पुनको अध्यक्षता, सामाजीक परिचालीका पुष्पा बुद्धुजाको सञ्चालन र महादेव माविका शिक्षिका तारादेवि गर्वुजाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

पहिलो चरणमा पुल निर्माण स्थलसम्म सडक पुराउने र त्यसपछि पुर्वाधार निर्माणको काम सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । सो पुल निर्माणको कामका लागि पोखराको मुक्तिनाथ श्री गिता जेभीसंग दुई करोड ७९ लाख ९० हजार एक सय रुपैयामा सम्झौता भएको छ । टिबीएसयुले लठा, बुल्डरग्रीप लगायत सामाग्री उपलब्ध गराउने जनाइएको छ । २०७४ जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो झोलङ्गे पुल एलएसटिवी प्रबिधिको भएको जिविसका असिस्टेन्ट सब ईञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।