विकल्प न्यूज/बेनी
साउन ३२ गते ।
न्यु वेष्ट पोइन्ट आबासिय उच्च माविमा अन्डर फाइब (पांच कक्षा भन्दा मुनिका) छात्रा तथा छात्र फुटबल प्रतियोगिता सम्पन भएको छ ।
५ दिन सम्म संचालन भएको प्रतियोगितामा छात्रा तर्फ ४ टिम र छात्र तर्फ ८ टिम रहेका थिए । छात्रा तर्फ ग्रीन हाउस (हरियो सदन) प्रथम, यल्लो हाउस (पंहेलो सदन) दितिय भएका छन् भने छात्रा तर्फ यल्लो हाउस (पंहेलो सदन) प्रथम, ग्रीन हाउस (हरियो सदन) दितिय, ब्लु हाउस (निलो सदन) तृतीय र रेड हाउस (रातो सदन) चौथो भएका छन् ।खेल शिक्षक दिपेन राईका अनुसार यस्ता प्रकारका सानो उमेरका नानि बाबुहरुको प्रतियोगिता बाट खेलाडी पहिचान गर्न सहज भएको र बढी अनुसासित र जिम्मेबारी बहन गर्ने क्षमता बृद्धी गर्न सहज हुने गर्दछ, साउन २६ गते विद्यालयका प्राचार्य गङ्गा प्रसाद खतिवडाले खेल उद्घाटन गर्नु भएको र सनिबार समेत संचालन गरि आइतबार फाइनल सम्पन्न गरेकोे हो ।
खेललाई सम्पन्न गर्न खेल शिक्षक दिपेन राइ, रेस्मान पुन लगायत भरत श्रीपाली, महेस पुन र हाउस क्याप्टेनहरुले महत्वपूर्ण भूमिका खेलेका थिए बिजेता र उपविजेता टिमलाई मेडल प्रमाणपत्र र ट्रफी साथै सदनलाई अतिरिक्त अंक प्रदान गरिने अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख तथा भाइस प्रिन्सिपल सरोज लकान्द्रीले बताउनुभयो ।