बिद्यार्थिले गरे गलेश्वर मन्दिर सरसफाई

विकल्प न्यूज/बेनी
भदौ ३ गते ।
वेष्ट पोइन्ट कलेजका बिद्यार्थीहरुले गलेस्वर मन्दिर परिसर सरसफाई गरेका छन् । कलेजमा बिबिएस तहमा अध्ययनरत बिध्यर्थिले साउन ३२ गते मंगलबार बिहान ७ बजे देखि ११ बजे सम्म मन्दिर परिसर र उद्दान समेत सरसफाई गरेका हुन् ।3श्रावण महिनाको सोमबार बिशेष गरि शिब मन्दिरमा दर्शनार्थीको बढी चाप हुने र त्यसका कारण उत्पन्न हुने फोहोर मैला ब्यबस्थापन गर्न हरेक वर्ष अन्तिम सोमबारको भोलिपल्ट मंगलबारको दिन सरसफाई गरिदै आएको र यस बर्ष पनि शैक्षिक क्यालेन्डर अनुसार सरसफाई गरेकोे Influential Bachelor का संयोजक लेक्चरर गोबिन्द सुबेदीले बताए । यस पटक पनि बिबिएस का करिब २० जना बिद्यार्थीहरु र लेक्चरर गोबिन्द सुबेदी र प्रकाश सुबेदीको नेतृत्वमा गएको टोलीले फोहोर संकलन गरि उचित ब्यबस्थापन र उद्दानको समेत गोडमेल र सरसफाई गरेको हो ।
शिक्षा स्वास्थ्य, खेलकुद, साहित्य, लगाएत अन्य सामाजीक सेवा गर्ने लक्ष राखी Influential Bachelor क्लब गठन गरि सोहि अनुसार काम गर्दै आइरहेको क्लबका अध्यक्ष दिलिप रोकाले जानाकारी गराए ।