समाचार
उत्पादन मुलक क्षेत्रमा बेनी बचतको लगानी बढ्दै
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ भदौ । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्पादनमुलक क्षेत्रमा आफ्नो लगानी बढाउँदै लगेको जनाएको छ । संस्थाको शनिबार सम्पन्न पन्ध्रौ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनद्धारा निर्बाचित नयाँ सञ्चालक समितिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएको हो । संस्थाले सामाजिक कार्यमा लगानी बढाउने बताएको छ । […]
म्याग्दीमा दुई वटा साहित्यिक संस्थाको एकता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ भदौ । म्याग्दीमा रहेका दुई वटा साहित्यिक संस्थाहरुबीच एकता भएको छ । म्याग्दी साहित्य सञ्चार र सूवासना साहित्यिक सदनको एकता सहित प्रथम साधारणसभा तथा अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको हो । एकतापछि बनेको म्याग्दी साहित्य सञ्चारको अध्यक्षमा लोकनाथ भुषाल (घायलश्री) चयन हुनुभएको छ । शुशिल थकाली उपाध्यक्ष, सन्दिप खत्री सचिव, […]
म्याग्दीको गुर्जामा विद्युत सेवा अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २५ भदौ । म्याग्दीको दुर्गम गुर्जामा रहेको ईङ्लेखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । बाढीले बगाएपछि ३० किलोवाट क्षमताको परियोजनाबाट विद्युत उत्पादन बन्द भएको हो । शनिबार ईङ्ले खोलामा आएको बाढीले मुहानमा करिब बिस मिटर नहर बगाएको छ । नहरको संरक्षणका लागि १५ थान ग्यावियन भरेर लगाइएको पर्खाल पनि बाढीले बगाएको […]
धाईरिङमा जिप दुर्घटना हुँदा ३ को मृत्यु

विकल्प न्यूज/पर्वत भदौ २५ गते । पर्वतको धाइरिङमा जिप दुइर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धाइरिङको धारापानीबाट मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप शनिबार दिउँसो धाइरिङ ३ सल्यानको ठूलोपहिरोमा दुर्घटना भएको हो । घुम्तीमा ब्रेक फेल भएपछी जिप सडकबाट दुई सय मिटर तल खसी दुर्घटना भएको स्थानीय राजु पौडेलले बताउनुभयो । दुर्घटनामा […]
खेलकुदका प्रतिभाहरुलाई माउण्ट एभरेष्टद्धारा सम्मान

विकल्प न्यूज/बेनी भदौ २५ गते । जिल्ला सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय उच्च माविले विभिन्न खालका क्षमता भएका व्यक्तिलाई शुक्रबार विद्यालयमा सम्मान गरेको छ । विशेष गरी खेल क्षेत्रका विभिन्न विधामा आफुलाई अब्बल बनाउन सफल विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट साग खेलमा छनौट हुन सफल चन्द्र बुढा, […]
म्याग्दीमा पुनर्संरचनाको प्रस्ताव प्रति असन्तुष्टि बढ्दो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ भदौ । स्थानीय तह पुनर्संरचनाको लागि सिमाङ्कन र केन्द्र निर्धारण सम्बन्धि प्रस्ताव तथा सिफारीसप्रती म्याग्दीका विभिन्न ठाउँका बासिन्दाले असन्तुष्टि जनाएका छन् ।स्थानीय तहको पुनर्संरचनाको लागि जिल्ला स्तरमा गठित प्राबिधिक सहयोग समितिले एक हप्ताअघि पुनर्संरचना आयोगलाई चार वटा विकल्प सहित गरेको सिफारीसप्रती विभिन्न गाउँका बासिन्दाहरुले असन्तुष्टि जनाएका हुन् । प्राबिधिक समितिले […]
१०३ औ विपी जयन्तीको अवसरमा मैत्रीपूर्ण फुटबल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ भदौ । १०३ औ विपी जयन्तीको अवसरमा शुक्रबार बेनीमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको जन्म जयन्तीको अवसर पारेर लोकतान्त्रीक खेलकुद संघले देविस्थानका पहिरो पीडितहरुको सहयोगार्थ खेलको आयोजना गरेको हो । सांसद रेशमबहादुर बानियाँ र नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको नेतृत्वमा रहेको […]
यि हुन म्याग्दीमा शिक्षा दिवसमा पुरस्कार र सम्मान पाउने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ भदौ । ३७ औ शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार म्याग्दीका उत्कृष्ट विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । बेनी नगरपालीका १३ तातोपानी स्थित सरस्वती माविमा आयोजित समारोहमा सांसद रेशमबहादुर बानियाँ, प्रजिअ केशवराज आचार्य, जिशिअ रामप्रसाद अधिकारी लगायतले सम्मापनत्र वितरण गर्नुभएको थियो । यस […]
तिव्ररुपमा अघि वढ्दै बेनी खानेपानी आयोजनाको क्षमत्ता विस्तार

विकल्प न्यूज/बेनी भदौ २३ गते । बेनी खानेपानी तथा सरसफाई आयोजनाको क्षमत्ता विस्तारका लागि एक तिहाई काम सकिएको छ । बेनी बजारमा तिब्र बस्ती विकास, जनघनत्व वृद्धी र पुरानो संरचनाले खानेपानीको माग धान्न नसकेपछि गत बैशाखदेखि छ करोड ४२ लाख छ हजार ४५७ रुपैयाँको ठेक्का सम्झौतामा आयोजनाको क्षमत्ता विस्तार कार्य सुरु भएको थियो । ठेकेदार […]
म्याग्दीका कृषकलाई जागरुक बनाइदैँ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ भदौ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीले ग्रामिण क्षेत्रमा कृषकको समस्या र सम्भावनाको खोजी गर्न थालेको छ । योजना तथा कार्यक्रमहरु तय गर्ने क्रममा कृषकहरुको समस्या र आवश्यकतालाई समेट्ने, प्राबिधिक सेवा दिने र कृषकलाई ब्यवसायीक बन्न जागरुक बनाउन कार्यालयले पहल थालेको हो । कार्यालय र सेवा केन्द्रबाट प्रवाह हुने सेवा […]
म्याग्दीमा शिक्षा र साक्षरता दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ भदौ । म्याग्दीमा बिहीबार औपचारीक समारोहको आयोजना गरेर ३७ औ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ । बेनी नगरपालिका १३ तातोपानीमा रहेको सरस्वती माविमा जिल्ला शिक्षा कार्यालयले विभिन्न संघ संस्थाको सहयोगमा समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद रेशम बानियाले शिक्षाको गुणस्तर सुधार, जिवनउपयोगी […]
किन आए म्याग्दीमा पुनर्संरचनाका ४ प्रस्ताव

सन्तोष गौतम / विकल्प न्यूज भदौ २३ गते । म्याग्दीमा स्थानीय तहको पुनर्संरचनाको विषयमा थप अन्यौलता र अलमल सिर्जना भएको छ । पुनर्संरचनाको विषयमा बुझाईमा एकरुपता नहुनु, साझा विकल्प तयार हुन नसक्नु, केन्द्र निर्धारण बिनानै स्थानीय तहको प्रस्ताव गरिएकाले अन्यौलता बढेको हो । स्थानीय तह पुनर्संरचना प्राबिधिक सहयोग समितिले म्याग्दीमा चार वटा विकल्प सहितको प्रस्ताव […]
मृगौला रोगी र बाढी पीडितलाई प्रवासीबाट साढे दुई लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ भदौ । म्याग्दीकी एक मृगौला रोगीको उपचार र बेगखोलाका बाढी पीडितहरुका लागि प्रवासीबाट बुधबार साढे दुई लाख रुपैयाँ भन्दा बढी नगद सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ताकम ४ की खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा अस्टे«लिया र न्युजील्याडबाट दुई लाख २५ हजार १५० […]
म्याग्दीमा पनि निजामती सेवा दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ भदौ । म् याग्दीमा पनि बुधबार विभिन्न कार्यक्रम गरेर निजामती सेवा दिवस २०७३ मनाइएको छ । दिवसको अवसरमा बेनी स्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले प्ले कार्ड र ब्यानर सहित प्रभातफेरी गरेका थिए । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरेर कर्मचारी मिलन केन्द्रमा पुगेर औपचारीक समारोहमा […]
धवलागिरि माविमा जिल्लास्तरीय अन्तरमावि भलिबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ भदौ । बेनी नगरपालिका १४ सिंगामा रहेको धवलागिरि माविमा मंगलबारदेखि जिल्लास्तरीय अन्तरमावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । जुरेस, बाल कल्वको आयोजना र विद्यालयको व्यवस्थापनमा सुरु भएको छात्रतर्फ १३ र छात्रातर्फ ९ टिमको सहभागिता रहेको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उद्घाटन गर्नुभयो । बाल क्लबका अध्यक्ष […]