ताजा समाचार:
Search

खेलकुदका प्रतिभाहरुलाई माउण्ट एभरेष्टद्धारा सम्मान

विकल्प न्यूज/बेनी
भदौ २५ गते ।
जिल्ला सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय उच्च माविले विभिन्न खालका क्षमता भएका व्यक्तिलाई शुक्रबार विद्यालयमा सम्मान गरेको छ । विशेष गरी खेल क्षेत्रका विभिन्न विधामा आफुलाई अब्बल बनाउन सफल विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो । img_9273विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट साग खेलमा छनौट हुन सफल चन्द्र बुढा, सुमन बानियाँ, निर्मल पुन तथा छनौटमा द्धितीय हुन सफल प्रज्जवल सेर्चन, मिस्टर/मिस धौलागिरी टप ट्वान्टीमा पर्न सफल श्रृष्टि पुन, सोनामी गर्बुजा, करुणा केसी, सायमन रावल, क्षेत्रीय रेफ्री हुन सफल कुमार किसान, विद्यालयका खेल शिक्षक देब छन्त्याल एवम् धवलागिरी माध्यमिक विद्यालय सिंगाले आयोजना गरेको जिल्लास्तरीय अन्तर मावि छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रछात्रा दुवैमा प्रथम हुन सफल विद्यार्थी एवम् खेलाडीलाई सम्मान गरेको हो ।

कार्यक्रम विद्यालयका प्रीन्सीपल राजु केसीको सभापतित्व, निमित्त जिल्ला शिक्षा अधिकारी विश्वराज रेग्मीको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माको विशिष्ट आतिथ्यता, विद्यालय सल्लाहकार समितिका सदस्य सन्तोष रावल र जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठको मन्तव्य एवम् विद्यालयका शिक्षक कमल बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रकाश मावि श्रोत केन्द्रका श्रोत व्यक्ति मोहन बानियाँ, जिल्ला भलिबल संघका उपाध्यक्ष तेजेन्द्र बानियाँ, नेपाल सितेरियो कराँतेका जिल्ला अध्यक्ष डिल बहादुर सिके, सचिव विरेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।