सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ भदौ । म्
याग्दीमा पनि बुधबार विभिन्न कार्यक्रम गरेर निजामती सेवा दिवस २०७३ मनाइएको छ ।
दिवसको अवसरमा बेनी स्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले प्ले कार्ड र ब्यानर सहित प्रभातफेरी गरेका थिए । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरेर कर्मचारी मिलन केन्द्रमा पुगेर औपचारीक समारोहमा परिणत भएको थियो ।प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको सञ्चालन र कर्मचारी मिलन केन्द्रका अध्यक्ष श्यामप्रसाद रिजालले स्वागत गर्नुभएको कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।प्रमुख जिल्ला अधिकारी आचार्यले आफ्नो भनाई र शुभकामना सहित कार्यक्रम समापन गर्नुभएको थियो । हरेक वर्ष भदौ २२ गते मनाइने निजामती सेवा दिवसको यस वर्ष नारा ‘सेवामैत्री प्रशासन –संघीयतामा शुसासन’ भन्ने रहेको छ ।
म्याग्दीका कर्मचारीहरुले सोमबारदेखि विभिन्न कार्यक्रम गरेर दिवस मनाउन सुरु गरेका थिए । सोमबार कार्यालय परिसर सरसफाई गरिएको थियो भने मंगलबार वृक्षारोपण गरिएको थियो ।यसै विच आधिकारिक ट्रेड युनियन म्याग्दी,नेपाल निजामति कर्मचारी संगठन,नेपाल निजामति कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले दिवस मनाउने क्रममा समन्वय नगरेको बन्दै विरोध गरेका छन् ।