मृगौला रोगी र बाढी पीडितलाई प्रवासीबाट साढे दुई लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ भदौ ।
म्याग्दीकी एक मृगौला रोगीको उपचार र बेगखोलाका बाढी पीडितहरुका लागि प्रवासीबाट बुधबार साढे दुई लाख रुपैयाँ भन्दा बढी नगद सहयोग प्राप्त भएको छ ।   DSC03721परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ताकम ४ की खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा अस्टे«लिया र न्युजील्याडबाट दुई लाख २५ हजार १५० रुपैयाँ सहयोग प्राप्त भएको हो ।

अस्टे«लियामा हरि कार्की र चिना केसीको पहलमा संकलन भएको एक लाख ८३ हजार ९५० रुपैयाँ उहाँहरुका अभिभावक याम केसीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो ।DSC03719यसैगरी प्रवासी नेपाली म्याग्देली संघ (मोना) न्युजील्याण्डले दुई वटै मृगौलाले काम नगरेपछि काठमाडौमा उपचार गराइरहेकी खत्रीलाई ४१ ह्जार ९५० रुपैया सहयोग गरेको छ । संस्थाकी कोषाध्यक्ष सुनीता बज्राचार्य र प्रदीप बज्राचार्यले सहयोग रकम कोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।DSC03723यस्तै बेगखोलाका बाढी पीडितहरुलाई प्रवासी नेपाली म्याग्देली संघ (मोना) कतारले ३५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठले बाढी पीडितको राहतका लागि सहयोज संकलन अभियान सञ्चालन गरेको कोषका अध्यक्ष शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रम ईन्द्रा खत्री बचाउ अभियानका संयोजक सन्दिप खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।