सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ भदौ ।
१०३ औ विपी जयन्तीको अवसरमा शुक्रबार बेनीमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको जन्म जयन्तीको अवसर पारेर लोकतान्त्रीक खेलकुद संघले देविस्थानका पहिरो पीडितहरुको सहयोगार्थ खेलको आयोजना गरेको हो । सांसद रेशमबहादुर बानियाँ र नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको नेतृत्वमा रहेको दुई टोलीबिच मैत्रीपूर्ण खेल भएको थियो । निर्धारीत समयमा एक एक बराबरी गोल भएपछि खेल ट्राईबेकरमा धकेलीएको थियो ।
ट्राईबेकरमा चारका विरुद्ध पाँच गोल गर्दै सांसदको टोली बिजयी भएको हो । खेलको बिजेता टोलीले प्राप्त गरेको ११ हजार १११ रुपैयाँ नगद पुरस्कार गत शनिबार देविस्थानमा गएको पहिरोबाट पीडितहरुलाई उपलब्ध गराईने संघले जनाएको छ ।
लोकतान्त्रीक खेलकुद संघ म्याग्दीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षता र सचिव बिनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको उद्देश्यका बारेमा उपाध्यक्ष बिक्रम बोगटीले जानकारी गराउनुभएको थियो ।