सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ भदौ ।
म्याग्दीमा बिहीबार औपचारीक समारोहको आयोजना गरेर ३७ औ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।
बेनी नगरपालिका १३ तातोपानीमा रहेको सरस्वती माविमा जिल्ला शिक्षा कार्यालयले विभिन्न संघ संस्थाको सहयोगमा समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद रेशम बानियाले शिक्षाको गुणस्तर सुधार, जिवनउपयोगी र ब्यवहारीक बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यसंगै जिल्लामा क्रियाशिल राजनितिक दलका नेता, विभिन्न संघ संस्था, शिक्षक संगठनका प्रतिनिधि र सरोकारवालाहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
तातोपानी र वरपरका विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागीतामा तातोपानी बजारमा निकालीएको ¥याली सरस्वती माविमा पुगेर सभामा परिणत भएको थियो । सो कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी र शिक्षा सेवीहरुलाई सम्मान गरिएको थियो ।
जिशिअ रामप्रसाद अधिकारीको अध्यक्षता, विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीको सञ्चालन, सरस्वती माविका प्रअ नोठबहादुर बानिया र धौलागिरी माविका स्रोत व्यक्ति केशव रेग्मीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले म्याग्दीको शैक्षिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।