समाचार

दुई भिन्न समुदायबीच सामाजिक सम्बन्धको बलियो कडी “भाषा”

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असार २० गते । पं. प्रेमप्रकाश पौडेलको पछिल्लो कृति “मातृभूमि” को भाषा संस्कृति खण्डमा आर्यहरुले खसहरुको संगतमा परेर आफ्नो मातृभाषा संस्कृत बिर्सेकोमा दुःख मनाउ गरिएको छ । अंसतः त्यो भनाईमा सत्यता छ तर लेखकले दावी गरेजस्तो भने होइन । गङ्गाको मैदानतिरबाट उक्लने वैदिक ब्राह्मणहरुले आफ्नो मौलिक भाषा बिर्सेको र खसभाषा अङ्गिकार गरेको […]

किन हुँदैन बजेट समयमै खर्च ?

रुद्रप्रसाद अधिकारी/विकल्प न्यूज म्याग्दी,असार २० गते । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पुँजीगत बजेट चालिस प्रतिशतको हाराहारीमा मात्र खर्च हुने अवस्था देखिएको छ । यसले विनियोजित बजेट खर्च गर्न नसक्ने हाम्रो खुबीलाई उजागर गरेको मात्र छैन देशको विकासको गति निकै सुस्त छ भन्ने प्रस्ट पारिदिएको छ । बजेट विनियोजनमा रस्साकसी गर्ने हामीले बजेट किन समयमै खर्च […]

नवविकल्प वर्ष ८ अंक ४१

नवविकल्प वर्ष ८ अंक ४१ Nawa Bikalpa 8-41

राम्चेका महिलाहरुको सक्रियतामा पाहुना घर

विकल्प न्यूज/बेनी राम्चे,म्याग्दी असार २० गते । म्याग्दीको राम्चेमा महिलाहरुको सक्रियता र नेतृत्वमा सामुदायिक भवन तथा पाहुना घर निर्माण भएको छ । गाउँमा भित्र्ने पाहुनाहरुको आवास सुबिधाका लागि देउराली आमा समूहले राम्चे ४ मा सामुदायिक भवन निर्माण गरेका हुन् । नौ लाख रुपैयाँ भन्दा बढी लगानी भएको भवनमा सामुदायिक लज सञ्चालन गर्ने तयारी गरेको भवन […]

बेनी–जोमसोम सडक तिन दिनपछि खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० असार । म्याग्दी हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि खुलेको छ । म्याग्दीको तितर, काभ्रेको घोप्टेभिरमा खसेको पहिरो र मुस्ताङ घाँसाको खोल्सामा आएको बाढीले असार १७ गतेदेखि अबरुद्ध सडक तिनदिनपछि सोमबार बिहानदेखि सञ्चालन भएको हो । सडक डिभिजन कार्यालय, प्रहरी, यातायात ब्यवसायी र स्थानीयबासीको पहलमा पहिरो हटाउने तथा […]

राम्चेका कृषकको रोजाइमा किबी खेती

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,असार १९ गते । म्याग्दीका ग्रामिण भेगका किसानहरु किबी खेती तर्फ आकर्षीत हुन थालेका छन् । राम्चे, हस्तान र भकिम्ली गाविसका कृषकहरुले पाखोवारीमा किबीको व्यवसायिक खेती गर्न थालेका छन् । एकपटक विरुवा रोपेपछि चालिस वर्ष सम्म फल दिन सक्ने भएकाले किसानहरुको रोजाइमा किबी खेती पर्न थालेको हो ।  समुन्द्री सतहको एकहजार दुइसय […]

बेनी–देउराली सडक आयोजना अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । म्याग्दीको बहुप्रतिक्षीत बेनी–पाखापानी सडक आयोजना अन्तरगत बेनी–देउराली खण्डको स्तरवृद्धी गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाले ३.१८० मिटर सडक स्तरवृद्धीको काम अन्तिम चरणमा पुगेको जनाएको छ । वि.स २०७१ असार १ गते सोही वर्षको फागुन […]

पहिराले नहर भत्काएपछि मल्लाजमा रोपाई प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । पर्वतको मल्लाज सिचाई आयोजनाको नहर पहिरोले भत्काएपछि बाँसखर्क र माझफाँट गाविसमा धान रोपाई प्रभावित भएको छ । मुख्य खाद्यबाली धान लगाउने समयमा नहर भत्कीएपछि पानीको अभावमा करिब एक हजार घरधुरी कृषकहरु समस्यामा परेका छन् । आयोजनाको पुम्दीखोला स्थित मुहानदेखि एक हजार दुई सय मिटरको दुरीमा रहेको करिब दश […]

वास परियोजनाका ६ वटा खानेपानी आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । जिविस म्याग्दी अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत चालु आर्थिक वर्षमा ६ वटा खानेपानी आयोजना निर्माण भएको छ । परियोजनाले आईतबार बेनीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा निर्माण सम्पन्न भएका आयोजनाबाट तिन हजार ४५ जनसंख्या लाभान्वित भएको जानकारी गराइएको हो । परियोजनाका जिल्ला […]

पशु सेवा केन्द्रका गतिबिधिहरुको वार्षिक समिक्षा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका पशु सेवा केन्द्रहरुको वार्षिक समिक्षा गोष्ठि आईतबार बेनीमा सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु सेवा केन्द्रहरुले चालु आर्थिक वर्ष २०७२७३ मा सञ्चालित कार्यक्रमहरुको उपलब्धि, समस्या, प्रभावकारीता र भावी रणनितीको विषयमा छलफल भएको थियो । ११ वटा पशु सेवा […]

गाविस सचिवहरुलाई उत्तरदायीत्व प्रर्वद्धन सम्बन्धि अनुशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । म्याग्दीका गाविस सचिवहरुलाई आईतबार उत्तरदायीत्व प्रर्वद्धन र नितीगत ब्यवस्था पालना अनुगमन सम्बन्धि अनुशिक्षण गरिएको छ । गाविस कार्यालयबाट प्रवाह हुने सेवा लाई थप प्रभावकारी, योजना तथा कार्यक्रमलाई दिगो, जनसहभागिता मुलक र पारदर्शी बनाउन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको कार्यबिधी, नितिगत ब्यवस्था को बारेमा कार्यक्रममा प्रशिक्षण […]

२३ लाख जुटाएर महिलाले बनाए गाउँमा सामुदायिक भवन

विकल्प न्यूज/बेनी असार १९ गते । म्याग्दीको नारच्याङका महिलाहरुले २३ लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् । नारच्याङको बेशीगाउँमा रहेको सिर्जनशिल आमा समूहले सभाहल र कार्यालय कोठा भएको भवन निर्माण गरेका हुन् । तिन सय जना क्षमत्ताको सभाहल भएको एक तले दुई कोठे भवन निर्माण गर्न २३ लाख रुपैया खर्च भएको आमा समूहकी […]

महिलाको सक्रियतामा सडक

विकल्प न्यूज/बेनी असार १९ गते । म्याग्दी र पर्वतको सिमा क्षेत्रमा महिलाहरुको सक्रियतामा सडक आयोजना निर्माण भएको छ । जिविस, म्याग्दी मार्फत २०७२ चैत २३ गते सुरु भएको फलामेडाँडा–राम्चे–नागी सडक आयोजना महिला उपभोक्ताहरुको सक्रियताका कारण निर्धारीत समय भन्दा आधा महिना पहिले सम्पन्न भएको छ । २० लाख रुपैयाँ लागतमा २०७३ जेठ मसान्त सम्म सम्पन्न गर्नुपर्ने […]

युएईमा म्याग्दी प्रबासी नेपाली संघ (मोना) स्थापना

हिरा बुढाथोकी , दुबई १८ असार ।  संयुक्त अरब इमिरेट्सको युएईमा रोजगारका लागी आएका म्याग्देलीहरुले म्याग्दी अन्तराष्ट्रिय संगठन (मोना) सँग समन्वयन गर्दै जिल्लाको सामजीक बिकास तथा परोपकारी काममा सहयोग पुर्याउने लक्ष्य सहित (मोना) युएई स्थापना गरेको छ । गत महिना प्रदीप सुबेदीको अध्यक्षतामा गठन भएको १५ सदस्य कार्यसमितीलाई शुक्रबार शारजाहको रोलामा बसेको पहिलो बैठकबाट २५ […]

म्याग्दीमा नयाँ साहित्य प्रतिष्ठानको उदय

विकल्प न्यूज/बेनी असार १८ गते । शनिबार एक कार्यक्रम को बिच म्याग्दीको साहित्य लाई उचाईमा पुर्‍याउनको लागि हातेमालो साहित्य प्रतिष्ठान गठन गरियको छ। प्रतिष्ठान को अध्यक्ष मा बादल शाही उपाध्यक्ष मा जीवन कार्की अथक सचिबमा दर्पण रोका स सचिबमा प्रमिला बरुवाल कोषाध्यक्षमा बबि बिस्वकर्मा स कोषाध्यक्षमा दिनेश फगामी र सदस्यहरुमा बिकाश फगामी मौसम फगामी शिव […]