ताजा समाचार:
Search

गाविस सचिवहरुलाई उत्तरदायीत्व प्रर्वद्धन सम्बन्धि अनुशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ असार ।
म्याग्दीका गाविस सचिवहरुलाई आईतबार उत्तरदायीत्व प्रर्वद्धन र नितीगत ब्यवस्था पालना अनुगमन सम्बन्धि अनुशिक्षण गरिएको छ ।

गाविस कार्यालयबाट प्रवाह हुने सेवा लाई थप प्रभावकारी, योजना तथा कार्यक्रमलाई दिगो, जनसहभागिता मुलक र पारदर्शी बनाउन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको कार्यबिधी, नितिगत ब्यवस्था को बारेमा कार्यक्रममा प्रशिक्षण दिइएको थियो ।DDC Talim

नितीगत ब्यवस्था कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि गर्न सकिने पहलका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुदै स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले वित्तीय प्रगतीलाई कार्यमूल्याङमा प्राथमिकता दिईदा भौतिक पक्ष पछि परेको बताउँदै दुवैलाई समान रुपमा प्राथमिकता दिनुपर्ने र नितीगत ब्यवस्था पालनामा सचेत रहन निर्देशन दिनुभयो ।

म्याग्दीका ३५ गाविसका सचिवहरुको सहभागिता रहेको तालीमको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल र संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्धारा खटाइनुभएका सहजकर्ता नारायणप्रसाद अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
दुई दिनसम्म चल्ने कार्यक्रम अन्तरगत सोमबार जिविसका अधिकृत, फाँट प्रमुख, कर्मचारी र नगरपालीका अन्तरगतका वडा सचिव तथा कर्मचारीहरुलाई प्रशिक्षण दिने जनाइएको छ ।