समाचार

म्याग्दीका कृषकलाई करिब एक लाख फलफुलका बिरुवा वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी साउन ३ गते । म्याग्दीका कृषकहरुलाई यस वर्ष करिब एक लाख फलफुलका बिरुवा वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले ८० हजार र भुसंरक्षण कार्यालयले पन्ध्र हजार फलफुलका बिरुवा वितरण गरेका हुन् । कृषि विकास कार्यालयले ब्यवसायीक बगैचा स्थापना गर्ने कृषकहरुलाई पचास प्रतिशत अनुदानमा २२ हजार ५०० वटा सुन्तलाका बिरुवा […]

दोसल्लेमा सुन्तला भण्डारण भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी साउन ३ गते । म्याग्दीको हिस्तान गाविस ९ दोसल्लेका कृषकहरुले सुन्तला भण्डारण गर्ने भवन निर्माण गरेका छन् । दोसल्ले ब्यवसायिक सुन्तलाजात फलफलु कृषक समूहले आठ मेट्रिक्टन क्षमत्ताको भवन निर्माण गरेका हुन् । चिस्यान रहने भवनभित्र सिजनको सुन्तला भण्डारण गरेर राख्ने र बेसीजनमा बिक्री गर्ने योजना रहेको समूहका अध्यक्ष मिलन गर्बुजाले बताउनुभयो […]

नांगी बाराही मन्दिरको जिर्णोद्धार सुरु

सन्तोष गौतम/विकल्प न्यूज साउन ३ गते । म्याग्दीको राम्चे गाविस २ मा रहेको प्रशिद्ध धार्मीक स्थल नागी बाराही मन्दिरको जिर्णोद्धार सुरु भएको छ । स्थानीय बासिन्दाको सक्रियतामा दुई सय वर्ष भन्दा बढी पुरानो मन्दिरको जिर्णोद्धार गर्न लागीएको हो । स्थानीय बासिन्दा, पेन्सनर र बिदेशमा रहेका नागी बासीहरुबाट चन्दा संकलन गरेर मन्दिर पुननिर्माण गर्न लागिएको नांगीबाराही […]

नाचगान गरेर जुटाएको पैसाले गाउँमा विकास निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी साउन ३ गते । म्याग्दीको भुरुङ तातोपानी ८ ठूलोबगरका महिलाहरुले नाचगान गरेर जुटाएको नगद विकास निर्माण र जिविकोपार्जन सुधारका लागि परिचालन गरेका छन् । १२ वर्षअघि ठूलोबगरका महिलाहरुले मासिक पाँच रुपैयाँका दरले सुरु गरेको बचत अभियानबाट लाखौ रुपैया खर्च गरेर विकासका पुर्वाधार निर्माण, सामाजिक गतिबिधि सञ्चालन र आयआर्जनमा परिचालन भएको हो […]

पतिको जिवन रक्षा गरिदिन सपना कार्कीको अपिल

विकल्प न्यूज/बेनी साउन २ गते । बेनीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले हेपाटाइटिस बि रोगबाट ग्रसित भएका बेनपा ११ भिरमुनीका ४३ वर्षीय रेशमवहादुर कार्की बचाउ अभियान सुरु गरेको छ । आर्थिक अवस्था कमजोर भएका कार्कीको उपचार खर्च जुटाउन कोषले अभियानको सुरुवात गरेको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । कार्कीको जिवन रक्षा गर्ने हाम्रो दायित्व हो, […]

रोम विधान पारित गर्न प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

विकल्प न्यूज/बेनी साउन २ गते । अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान पारित गर्नका लागि दवाव स्वरुप म्याग्दीबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला प्रतिनिधिको नेतृत्वमा नागरिक समाज म्याग्दी, मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको टोलीले संयुक्त रुपमा ज्ञापन पत्र […]

डम्मरामा नयाँ प्रबिधिको खानेपानी आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । बेनी नगरपालिका ५ डम्मरामा नयाँ प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ । बस्ती तल रहेको म्याग्दी नदीको किनारबाट पानी तान्ने प्रबिधि जडान गरेर आयोजना निर्माण भएको हो । डम्मराको फेदीमा रहेको निलढुंगा स्थित म्याग्दी नदी किनारबाट ९० मिटर माथि पानी तान्न जडान गरिएको उपकरणको शुक्रबार सफल परिक्षण भएको […]

शक्ति गलेश्वरको ! महिमा छैन वेनीको

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन २ गते । बाँसारुख देखि ढकने गौंडासम्म लमतन्न सुतेको तेर्सो गोरेटो । डोरेटो माथि आँगन । आँगनको पछाडि घर धन्सारको लहर । वारी पारी टाढा कतैबाट हेर्दा स–सानो बजारजस्तो दोखिन्थ्यो होला सायद मेरो जन्मगाउँ । अर्थात वेनी नगरपालिका अन्तर्गतको “कुमालडिँहीँको बस्ती” । साँचै तिनताका अहिलेको भन्दा बस्ती अलि घना थियो । […]

नवविकल्प साप्ताहिक पत्रिकाको ४३ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस

नवविकल्प साप्ताहिक पत्रिकाको ४३ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस  Nawa Bikalpa 8-43  

साउने संक्रान्ति – गीती एल्बम लोकार्पण तथा शुभकामना आदानप्रदान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ साउन । म्याग्दीका मगर समुदायले साउने संक्रान्ति पर्व शनिबार विबिध कार्यक्रम गरेर मनाएका छन् । मगर समुदायले साउन र माघ १ गतेलाई बिशेष पर्वको रुपमा मनाउने चलन रहेको छ । साउने संक्रान्तिको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा अर्मन ३ […]

कालिका भगवती मन्दिरको वर्ष दिनको आम्दानी ९० लाख

१ साउन, बलेवा (बाग्लुङ) ।  पश्चिमाञ्चलको प्रसिद्ध कालिका भगवती मन्दिर बाग्लुङमा एक वर्षका अवधिमा ९० लाख रूपैयाँभन्दा बढी सङ्कलन भएको छ । मन्दिरमा गत आव २०७२/०७३ मा  ९० लाख पाँच हजार सात सय ६६ रूपैयाँ सङ्कलन भएको हो । विगतमा ठेक्का प्रथामा चल्दैआएको मन्दिरको व्यवस्थापन गत साउनदेखि मन्दिर व्यवस्थापन समिति आफैँले हेर्दै आएको छ । […]

म्याग्दीको विकासमा २९ करोड खर्च

–खानेपानी र भुसंरक्षण कार्यालयको सबैभन्दा धेरै प्रतिशत बजेट खर्च –सबैभन्दा कम प्रतिशत बजेट खर्च गर्ने कार्यालयमा जिविस पहिलो सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ साउन । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७२/७३ मा ८४ प्रतिशत विकास बजेट खर्च भएको छ । विभिन्न सरकारी कार्यालय तथा आयोजनालाई विकास योजना तथा कार्यक्रम सञ्चालन गर्न ३४ करोड ५८ लाख […]

बैसरीमा पहिरो खस्न थाल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । म्याग्दीको राम्चे ९ मा पर्ने काफलडाँडाको भिरबाट पुन–पहिरो खस्न थालेको छ । २०७२ जेठ १० गते राती सो स्थानबाट खसेको पहिरोले कालीगण्डकी नदी १६ घण्टासम्म थुनिनुका साथै २७ घरधुरीको बसोबास रहेको बैसरी बजार पुरीएर बगरमा परिणत भएको थियो । गत वर्ष पहिरो गएको ठाउँमा शुक्रबार बिहानदेखि पुन पहिरो […]

घराम्दीमा महिलाको नेतृत्वमा सामुदायिक भवन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । म्याग्दीको हिस्तान गाविसको १ र २ मा पर्ने घराम्दी गाउँका महिलाहरुको नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ । घराम्दी आमा समूहको पहलमा चार लाख रुपैयाको लागतमा दुई तले सामुदायिक भवन निर्माण भएको हो । जिविसको दुई लाख रुपैयाँ अनुदान र स्थानीय बासिन्दाको दुई लाख बराबरको श्रमदानमा भवन निर्माण […]

छोरीलाई बलात्कार गर्नेलाई अठार वर्ष कैद

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने व्यक्तिलाई अठार बर्ष कैद सजाय गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधिश रामप्रसाद शर्माको ईजलासले बिहीबार हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ति व्यक्ति विरुद्ध १८ वर्ष कैद र पच्चिस हजार रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको हो । पुर्पक्षका लागि थुनामा […]