घराम्दीमा महिलाको नेतृत्वमा सामुदायिक भवन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ असार ।
म्याग्दीको हिस्तान गाविसको १ र २ मा पर्ने घराम्दी गाउँका महिलाहरुको नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ ।

घराम्दी आमा समूहको पहलमा चार लाख रुपैयाको लागतमा दुई तले सामुदायिक भवन निर्माण भएको हो । जिविसको दुई लाख रुपैयाँ अनुदान र स्थानीय बासिन्दाको दुई लाख बराबरको श्रमदानमा भवन निर्माण भएको आमा समूहकी सदस्य सुजिना पुनले जानकारी दिनुभयो ।DSC00858 भवन निर्माणका लागि घराम्दीका १२६ घरधुरीले एक दिनका दरले श्रमदान गरेका थिए । वर्षौअघि निर्माण भएको भवन जिर्ण अवस्थामा रहेको थियो । पुरानो भवन भत्काएर नयाँ बनाएको आमा समूहकी अध्यक्ष बिन्दु गर्बुजाले बताउनुभयो ।DSC00855यो तस्विर असार ११ गते निर्माणधिन अवस्थामा लिइएको  हो ।

सामुदायीक भवन निर्माण भएपछि गाउँमा सार्वजनीक कार्यक्रम आयोजना, भेला, सम्मेलन, छलफल गर्न सहज भएको छ । भवन निर्माण समितिमा सबै महिलाहरु रहेका थिए । 13689546_1719166344972362_1544305594_n

९ सदस्यीय निर्माण समितिका महिलाहरुलाई गाउँका अगुवा तथा पुरुषहरुले पनि भवन निर्माणको काममा सहयोग गरेका थिए ।