पतिको जिवन रक्षा गरिदिन सपना कार्कीको अपिल

विकल्प न्यूज/बेनी
साउन २ गते ।
बेनीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले हेपाटाइटिस बि रोगबाट ग्रसित भएका बेनपा ११ भिरमुनीका ४३ वर्षीय रेशमवहादुर कार्की बचाउ अभियान सुरु गरेको छ । आर्थिक अवस्था कमजोर भएका कार्कीको उपचार खर्च जुटाउन कोषले अभियानको सुरुवात गरेको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।DSC01769 कार्कीको जिवन रक्षा गर्ने हाम्रो दायित्व हो, अध्यक्ष शाक्यले भन्नुभयो‘कार्कीलाई बचाउन हामी सवैले सहयोग गरौ ।’ कार्कीको धर्मपत्नी सपना कार्कीले उपचारमा सहयोग पु¥याइदिन भन्दै कोषमा निवेदन दिएकाले आफूहरुले अभियान सञ्चालन गर्न लागेको अध्यक्ष शाक्यले बताउनुभयो ।

कोषले आइतबार पत्रकार सम्मेलन गरि कार्कीको उपचारका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न सवैमा अनुरोध गरेको छ । गण्डकी अस्पताल पोखरामा उपचारत कार्कीको उपचारका लागि परिवारले अहिले सम्म दुईलाख भन्दा वढी खर्चिसकेका छन् । DSC01773घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण सहयोग जुटाउन ओमकुमारी शान्तिकोषमा आएको रेशमको धर्मपत्नी सपना कार्कीले बताउनुभयो । ‘पैसाकै अभावमा मेरो पतिको ज्यान गुम्ने भयो । जिवन रक्षाका लागि सवैमा सहयोगको अपिल गर्दछु । उहाँले आशु झार्दै भन्नुभयो । रकमको जोह गर्न सक्ने हो भने उपचार सम्भव भएको डाक्टरहरुले बताएका छन् ।’
बैशाखमा खुट्टामा सामान्य समस्या आएपछि उपचारका लागि सुरुमा म्याग्दी अस्पतालमा लगेका कार्कीलाई यहाँ सम्भव नभएपछि पोखरा पु¥याइएको थियो । जेठ महिना देखि पोखराको गण्डकी अस्पतालमा कार्कीको उपचार भइरहेको छ । उपचारका क्रममा एउटा खुट गुमाइसेका कार्कीको फेरी अर्को खुटमा पनि समस्या देखिएको छ । DSC01768शान्तिकोषले कार्कीको उपचारका लागि सहयोग जुटाउन कोषका सचिव लोकेश पुनमगरको संयोजकत्वमा आर्थिक संकलन उपसमिति गठन गरेको छ । सदस्यहरुमा विक्रम कार्की (कतार) अजुन खत्री र दिनेश कार्की (कोरिया) रहेका छन् ।
कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा कार्कीको उपचारका लागि रु पाँचहजार रुपियाँ उपलब्ध गराउनु भएको थियो । शाक्यले आर्थिक अभावमा परेका कार्कीको परिवारलाई आर्थिक सहयोग गरि जिवन रक्षा गरिदिन अपिल गर्नुभएको छ ।