म्याग्दीको विकासमा २९ करोड खर्च

–खानेपानी र भुसंरक्षण कार्यालयको सबैभन्दा धेरै प्रतिशत बजेट खर्च
–सबैभन्दा कम प्रतिशत बजेट खर्च गर्ने कार्यालयमा जिविस पहिलो
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ साउन ।
म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७२/७३ मा ८४ प्रतिशत विकास बजेट खर्च भएको छ ।

विभिन्न सरकारी कार्यालय तथा आयोजनालाई विकास योजना तथा कार्यक्रम सञ्चालन गर्न ३४ करोड ५८ लाख ३२ हजार ५०० रुपैया बजेट प्राप्त भएको थियो । २९ करोड पाँच लाख ८६ हजार ५२६ रुपैया अथवा कुल बजेटको ८४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।bikash 6

असार महिनामा सबैभन्दा बढी २५ प्रतिशत अथवा आठ करोड ७६ लाख ४४ हजार ३०३ रुपैया बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक युवराज पौडेलले जानकारी दिनुभयो । कोष नियन्त्रक पौडेलका अनुसार जिल्लाको विकासका लागि भित्रीएको पाँच करोड ५२ लाख ४५ हजार ९७४ रुपैयाँ बजेट फिर्ता भएको छ ।bikash 8

पहिलो र दोस्रो चौमासीकमा नाकाबन्दीका कारण ईन्धन र निर्माण सामाग्रीको अभाव हुनु, बजेट खर्च गर्ने अख्तियारी ढिला प्राप्त हुनु, सम्बन्धित कार्यालय, उपभोक्ता समिति, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण बजेट फिर्ता भएको हो ।

यसैगरी चालुतर्फ एक अर्ब ६५ करोड ५६ लाख ५९ हजार ११७ रुपैयाँ बजेट प्राप्त भएकोमा एक अर्ब ५५ करोड ४१ लाख ३५ हजार १५५ रुपैया खर्च भएको छ । एक करोड १२ लख ६० हजार रुपैयाँ कुल बजेट रहेको जिल्ला भुसंरक्षण कार्यालयले सत प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।bikash 12

छ करोड, ३३ लाख ८१ हजार रुपैयाँ बजेट रहेको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले ९८, आठ करोड ६६ लाख बजेट रहेको विकेन्द्रित ग्रामिण पुर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप)ले ९०, एक करोड ७२ लाख २६ हजार बजेट रहेको जिल्ला वन कार्यालयले (९४), तिन करोड २४ लाख छ हजार बजेट रहेको सिचाई विकास सब डिभिजनले ७८ प्रतिशत बजेट खर्च गरेको छ ।

नौ करोड ३४ लाख ९६ हजार बजेट रहेको जिविसले सबैभन्दा कम ६९ प्रतिशत खर्च गरेको छ ।