छोरीलाई बलात्कार गर्नेलाई अठार वर्ष कैद

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ असार ।
जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने व्यक्तिलाई अठार बर्ष कैद सजाय गर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश रामप्रसाद शर्माको ईजलासले बिहीबार हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ति व्यक्ति विरुद्ध १८ वर्ष कैद र पच्चिस हजार रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको हो ।bikalpa news

पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिविरुद्ध लागेको आरोप पुष्टि गर्दै अदालतले गरेको फैसला अनुसार निज व्यक्तिलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षकी आफ्नै छोरीलाई हाडनाता करणी गरेको विषयमा उजुरी परेपछि प्रहरीले गत बैशाखमा निजलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता गरेको थियो ।