दोसल्लेमा सुन्तला भण्डारण भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी साउन ३ गते ।
म्याग्दीको हिस्तान गाविस ९ दोसल्लेका कृषकहरुले सुन्तला भण्डारण गर्ने भवन निर्माण गरेका छन् । दोसल्ले ब्यवसायिक सुन्तलाजात फलफलु कृषक समूहले आठ मेट्रिक्टन क्षमत्ताको भवन निर्माण गरेका हुन् । चिस्यान रहने भवनभित्र सिजनको सुन्तला भण्डारण गरेर राख्ने र बेसीजनमा बिक्री गर्ने योजना रहेको समूहका अध्यक्ष मिलन गर्बुजाले बताउनुभयो ।Dosallya Selar Storeराष्ट्रिय सुन्तला बाली विकास केन्द्रको आर्थिक तथा जिल्ला कृषि विकास कार्यालयको प्राबिधिक सहयोगमा स्थानीय कृषकहरुले श्रमदान गरेर भवन बनाएका हुन् । भवन बनाउन कृषि विकास कार्यालय मार्फत सुन्तला बाली विकास केन्द्रले चार लाख ४४ हजार रुपैयाँ अनुदान सहयोग गरेको थियो ।

कृषकहरुले थप एक लाख ४८ हजार रुपैयाँ बराबरको श्रमदान गरेर भवन बनाएका हुन् । सो भवनबाट दोसल्लेका ४५ घरधुरी कृषक लाभान्वित हुने अध्यक्ष गर्बुजाले बताउनुभयो ।
मंसिर पुषको सिजनमा पाक्ने सुन्तला फागुन चैतसम्म चिस्यानयुक्त भवनमा भण्डारण गरेर बिक्री गर्दा बढी मूल्य पार्नुका साथै बजार पनि पाइने गर्बुजाको भनाई छ । दोसल्लेबासीले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् । त्यहाँ नौ हजार बिरुवा सुन्तला खेती गरिएको छ ।