साउने संक्रान्ति – गीती एल्बम लोकार्पण तथा शुभकामना आदानप्रदान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ साउन । म्याग्दीका मगर समुदायले साउने संक्रान्ति पर्व शनिबार विबिध कार्यक्रम गरेर मनाएका छन् ।

मगर समुदायले साउन र माघ १ गतेलाई बिशेष पर्वको रुपमा मनाउने चलन रहेको छ । साउने संक्रान्तिको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सोही अवसरमा अर्मन ३ छिसवाङका किरन पुनको गिती एल्बम (द स्टेप)को लोकार्पण गरिएको छ । लोकपप, आधुनिक, शिरफुले भाकाका आठ वटा गित समेटिएको एल्बमको आदीवासी जनजाती महासंघ म्याग्दीका अध्यक्ष मुक्ति रोका र लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले लोकार्पण गर्नुभएको हो ।IMG_4492 कार्यक्रममा साउने संक्रान्तिको ऐतिहाँसीक, सांस्कृतीक र वैज्ञानीक महत्वका बारेमा प्रकाश पार्नुहुदै प्रमुख अतिथि रोकाले परम्परागत चाडपर्व, रितीरीवाज र संस्कृतीको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।IMG_4483

लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसी, मगर संघ म्याग्दीका सल्लाहकार राजकुमार थापा, नेपाल भाषा मंका खलका कृष्णप्रसाद श्रेष्ठ, तमु सेवा समाजका चक्रबहादुर गुरुङ, थकाली सेवा समाजका केन्द्रिय सदस्य गोपाल भट्टचनले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता, सदस्य बालकुमार रोकाको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शुभकामना आदानप्रदानका साथै सांगीतिक र सांस्कृतीक कार्यक्रम पनि भएको थियो ।