ताजा समाचार:
Search

समाचार

बिममा विद्युतीकरणको तयारी

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको बिमका बासिन्दाहरु गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत पु¥याउन कस्सीएका छन् । उनिहरुले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन् । बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर संकलन गरेको रकम विद्युतीकरण योजनालाई उपलब्ध गराएका हुन् । चार वटा वडामा रहेका आमा […]

अपर म्याग्दी निर्माणको तयारी

विकल्प न्यूज/बेनी माध २५ गते । म्याग्दीको मुदीमा बिस मेघावाट क्षमत्ताको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । निजी क्षेत्रको हाईड्रो इम्पाएर प्रा.लीले आयोजना निर्माणका लागि पहिलो चरणमा पहुँचमार्ग निर्माण सुरु गरेको छ ।  आयोजनाको विद्युतगृह र बाँध रहने स्थानसम्म पुग्ने सडक निर्माण थालीएको हो । बिमको भारवाङ र मुदीको छहरीबाट एकैसाथ सडक […]

भेडा गोठमा छ दशक

विकल्प न्यूज/बेनी माघ २५ गते । जिल्ला पशु सेवा कार्यालयले हालै बेनीमा आयोजना गरेको तालीममा एक जना फरक कृषक भेटिए । कछाड पारेका, हरदुब्लो ओडेका ओखरबोट ३ चिउरीबोटका ७४ वर्षीय टिकप्रसाद पुनको लवाइलेनै उनी पाका र वास्तवीक कृषक भएको देखाउँथ्यो । भेडा गोठमा छ दशक भन्दा बढी समय बिताएका फरासीलो र हसिलो स्वभावका पुनसंग पहिलो […]

आजबाट बेनीमा चौथो युवा भलिबल प्रतियोगिता

विकल्प न्यूज/बेनी माघ २५ गते । सदरमुकाम बेनीमा आज देखि युवा भलिबल प्रतियोगिता सुरु हुँदै छ । मंगलबार अपरान्न १ बजे देखि बेनीको खुल्ला मञ्चमा युवा भलिबल प्रतियोगिताले खेलप्रेमीहरुलाई रौनकता दिने छ । भर्खर तेस्रो राष्ट्रपति कप सकिए लगत्तै युवा संघ म्याग्दीले चौथो युवा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । एक पछि अर्को प्रतियोगिता […]

स्थापना दिवसको अवसरमा विपन्न महिलालाई मुठ्ठीदान सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ माघ । बेनीको दिदी बहीनी बचत तथा ऋण सहकारी संस्थाले छैठौ स्थापना दिवसको अवसरमा सोमबार मजदुर महिलालाई खाद्यान्न सहयोग गरेको छ । लमजुङ घर भई हाल पर्वत बेनी बस्ने लक्ष्मी आचार्य खत्रीलाई १५ पाथी चाम, पाँच केजी दाल, पाँच केजी चिनी, पाँच पोका नुन, ५ बट्टा चियापत्ती र आधा दर्जन […]

मैले देखेको जलजला गाउँपालिका

सुरेश हमाल/विकल्प न्यूज माघ २४ गते । जलजला भन्दासाथ धेरैलाई लाग्न सक्छ माओवादीको उद्यगम स्थल मानिएको रोल्पाको जलजला पहाडको कुरा होला तर म रोल्पा जिल्लाको जलजलाको होइन पर्वत जिल्लाको जलजला बारे लेख्दैछु। पर्वत जिल्लाको उत्तरी भेगका माझफाँट, बासखर्क, सालिजा, लेकफाँट, धाईरिङ, बनौ र नाग्लिबाङ गरी ७ गाविसलाई जलजला गाँउपालिका नामाकरण गरी प्रस्तावित गरेपछि गुमनाम जलजला […]

सेवा प्रवाहलाई सहज बनाउने नव आगन्तुक प्रजिअको प्रतिवद्धता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ माघ । म्याग्दीका नवआगन्तुक प्रजिअ राजुप्रसाद पौडेलले जिल्ला स्थित सरकारी कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवालाई सहज बनाउने प्रतिवद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नवआगन्तुक प्रजिअ राजुप्रसाद पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन कार्ययोजना तयार पारेको बताउनुभयो ।राजनीतिक दल, कार्यालय प्रमुख, नागरीक समाज र […]

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट केसी सम्मानीत

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ माघ । प्रेस चौतारी जिल्ला शाखा म्याग्दीले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सुरत केसी सम्मानीत हुनुभएको छ । १९ औ स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा पाँच हजार ५५५ रुपैयाँ पुरस्कार राशीको पुरस्कार प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ म्याग्दी […]

वेष्ट पोईन्टले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड जित्यो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ गते । अन्तर माध्यमीक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनीको न्यु वेष्ट आवाशिय माविले लगातार तेस्रो वर्ष जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबार बेनीमा सम्पन्न प्रतियोगितामा २६० अंक सहित वेष्ट पोईन्ट बिजयी भएको हो । पहिलो र दोस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको वेष्ट […]

म्याग्दी जिप तथा बस समितिमा नयाँ कार्य समिति निर्वाचित

विकल्प न्यूज/बेनी माघ २१ गते । म्याग्दी बस तथा जिप सञ्चालक समितिको बिहीबार बेनीमा सम्पन्न पन्ध्रौ साधारणसभा तथा सातौ अधिवेशनबाट कमल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।१९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर थापा क्षेत्री, प्रथम उपाध्यक्षमा दानबहादुर केसी, द्धित्तीय उपाध्यक्षमा चन्द्रबहादुर क्षेत्री, सचिबमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा गोपाल केसी (मोहन) सहसचिबमा मौबहादुर बरुवाल र […]

निर्वाचनको मिती घोषणा गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय तहका नेताहरुले संबिधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । राप्रपा म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागि नेताहरुले राजनितिक स्थिरता, देशको विकास र संबिधानको कार्यान्वयनका लागि २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बताएका हुन् […]

तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा वेष्ट पोईन्टको अग्रता

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० माघ । बेनीमा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्म सम्पन्न भएका खेलहरुमा न्यु वेष्ट पोईन्ट आवासिय माविले अग्रता कायम गरेको छ । पहिलो र दोस्रो वर्षको राष्ट्रपति रनिङ शिल्डको च्यापीयन बनेको वेष्ट पोईन्टले एथलेटिक्स तर्फको खेलमा ११५ अंक सहित अग्रता कायम गरेको हो […]

यातायात सेवालाई मर्यादीत र प्रतिस्पर्धी बनाउन सुझाव

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० माघ । म्याग्दीका सरोकारवालाहरुले यातायात सेवालाई मर्यादीत र प्रतिस्पर्धी बनाउन व्यवसायीलाई सुझाव दिएका छन् । म्याग्दी जिप तथा बस सञ्चालक समितिको १५ औ साधारणसभा तथा सातौ अधिवेशनमा सहभागि सरकारी अधिकारी र राजनितिक दलका नेताहरुले सहज रुपमा सेवा प्रवाह गर्न सुझाव दिएका हुन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले यातायात ब्यवसायलाई […]

सेवा ठप्प पारेर सचिव आन्दोलनमा

सन्तोष गौतम/विकल्प न्यूज माघ २० गते । म्याग्दीका गाविस सचिवहरुले कार्यालयको छाप जिविसमा बुझाएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । म्याग्दीमा रहेका ३५ वटा गाविस कार्यालयका सचिवहरुले सेवा ठप्प पारेर आन्दोलनमा उक्रिएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारले गत वर्ष स्वीकृत गरेको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने, सरुवामाथीको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग राखेर गाविस […]

मावि तहका दश जना शिक्षक कार्यक्षेत्रमा खटिए

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० माघ । जिल्ला शिक्षा कार्यालय म्याग्दीले शिक्षक सेवा आयोगबाट सिफारीस भएका मावि तहका नवनियुक्त दश जना शिक्षकहरुलाई बिहीबार कार्यक्षेत्रमा खटाएको छ । आयोगको परिक्षा उतिर्ण गरी स्थाई नियुक्त भएका विज्ञानका ६, नेपालीका दुई, अंग्रेजी र गणीत विषयका एकएक जना शिक्षकलाई सम्बन्धित विद्यालयमा खटाइएको कार्यालयले जनाएको छ । माथिल्लो शैक्षिक योग्यता […]