प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट केसी सम्मानीत

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ माघ ।
प्रेस चौतारी जिल्ला शाखा म्याग्दीले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सुरत केसी सम्मानीत हुनुभएको छ ।

१९ औ स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा पाँच हजार ५५५ रुपैयाँ पुरस्कार राशीको पुरस्कार प्रदान गरेको हो । suraj kc नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष, रुप्से दैनिकका प्रकाशक र म्याग्दीकाली एफ एमका सम्पादक केसीलाई नेकपा एमालेका प्रचार बिभाग उपप्रमुख सुर्य थापा, सांसद नवराज शर्मा र प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।
केसी वि.स २०५८ देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण तथा “संघिय संरचनामा म्याग्दी” विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै थापाले वर्तमान सरकार बिघटन गरि सहमतीय सरकार गठन गरि आगामी २०७३ माघ ७ गतेभित्र तिन वटै तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

पर्याप्त समय नभएको र निर्वाचन नभए देश असफल बन्ने भएकाले राजनीतिक नेतृत्वले सहमतीय सरकार गठन गरी तिन वटा तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल चलाउनुपर्ने उहाँको भनाई थियो । स्थानीय, प्रदेश र केन्द्रिय सभाको निर्वाचन एकै पटक गर्दा तयारीका लागि पर्याप्त समय हुने, राज्यको खर्च समेत कम हुने थापाको बिचार छ ।DSC_0013सांसद नवराज शर्माले संबिधान कार्यान्वयन, राजनितिक स्थिरता र सम्बृिद्धका लागि सरकारले व्यवस्थापिका संसदबाट दल सम्बन्धि बिधेयक पारित गरि तत्काल निर्वाचनको मिती घोषणा गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले केन्द्रको अधिकार गाउँ तहसम्म पु¥याउन र राज्यले प्रवाह गर्ने सेवा सुबिधामा जनताको सहज पहुँच स्थापित गर्न राज्य पुनसंरचना गरिएको बताउनुभयो ।

स्थानीय तहको पुनसंरचनाका क्रममा म्याग्दीका केही दल र जनप्रतिनिधिले साझा सहमती भएको विषयमा अडान राख्न नसक्दा केन्द्रको विषयमा बिवाद भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका सचिव गोरखनाथ सुवेदीले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र कृष्ण जिसीले टिप्पणी गर्नुभएको थियो ।

प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष तथा चार नम्बर प्रदेशका संयोजक गणेश पाण्डे, पुर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, जिल्ला शाखा अध्यक्ष सुरत केसी, प्रजिअ राजुप्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रेस चौतारी म्याग्दीका शाखा अध्यक्ष रुद्रकुमारी खत्री (मालती)को अध्यक्षता, उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको स्वागत र सचिव प्रताप बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।