वेष्ट पोईन्टले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड जित्यो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २१ गते ।
अन्तर माध्यमीक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनीको न्यु वेष्ट आवाशिय माविले लगातार तेस्रो वर्ष जितेको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबार बेनीमा सम्पन्न प्रतियोगितामा २६० अंक सहित वेष्ट पोईन्ट बिजयी भएको हो । पहिलो र दोस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको वेष्ट पोईन्टले तेस्रो पटक बिजयी हुदै शिल्डलाई सधैका लागि आफ्नो बनाएको छ ।IMG_1971

यसैगरी १२६ अंक सहित बेनीका माउन्ट एभरेष्ट आवाशिय मावि दितृय र ११३ अंक सहित बरंजाको महेन्द्ररत्न मावि तितृय भएका छन् । प्रथम, दितृय र तितृय हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र सहित क्रमश नगद असी हजार, ४५ हजार र तिस हजार रुपैया पुरस्कार समेत प्राप्त गरेका छन् ।

राष्ट्रपति रनिङ शिल्डको च्यापीयन वेष्ट पोईन्टले एथलेटिक्समा १३ वटा स्वर्ण, चार रजत र एक कास्य पदक जितेको थियो । छात्रातर्फको भलिबल र कवड्डी खेलमा वेष्ट पोईन्ट प्रथम र महेन्द्ररत्न मावि बरंजा दितृय भएका छन् । छात्र भलिबलमा महेन्द्ररत्न मावि प्रथम र धनजनता मावि मुना दितृय भएका छन् ।

कवड्डी खेलको छात्रतर्फ प्रभा मावि नारच्याङ प्रथम र बेनी आवासिय मावि दितृय भएका छन् । प्रतियोगिताको उपबिजेता माउन्टले एथलेटिक्स तर्फ १०५ र कवड्डी छात्रातर्फ २१ अंक प्राप्त गरेको छ ।IMG_1974

एथलेटिक्समा वेष्ट पोईन्टकी दिपा कार्की, कवड्डीमा प्रभा माविका भविन पुर्जा र भलिबलमा महेन्द्ररत्नका दुर्गाबहादुर थापालाई उत्कृष्ट खेलाडीको उपाधि सहित नगद दुई हजार पाँच सय रुपैया सहित पुरस्कृत गरिएको थियो । तिन दिनसम्म सञ्चालित प्रतियोगितामा ४२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई भलिबलकी अन्तराष्ट्रिय खेलाडी अरुणा शाही, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका केबी भण्डारी, समितिका पुर्व अध्यक्ष, प्रायोजकहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई क्षेत्रीय खेलमा सहभागि गराइने समितिका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । प्रतियोगिता समापन कार्यक्रमका सहजिकरण समितिका पुर्व अध्यक्ष रमेशकुमार श्रेष्ठले गर्नुभएको थियो ।