तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा वेष्ट पोईन्टको अग्रता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २० माघ ।
बेनीमा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्म सम्पन्न भएका खेलहरुमा न्यु वेष्ट पोईन्ट आवासिय माविले अग्रता कायम गरेको छ ।

पहिलो र दोस्रो वर्षको राष्ट्रपति रनिङ शिल्डको च्यापीयन बनेको वेष्ट पोईन्टले एथलेटिक्स तर्फको खेलमा ११५ अंक सहित अग्रता कायम गरेको हो । एथलेटिक्समा १३ वटा स्वर्ण, चार रजत र एक कास्य पदक जितेको वेष्ट पोईन्टले छात्रा भलिबलमा पनि बिजयी भएको छ ।
छात्रतर्फ भने महेन्द्ररत्न मावि बरंजा प्रथम, धनजनता मावि मुना दितृय, पौलत्स्य मावि तितृय भएका छन् । छात्रातर्फ महेन्द्ररत्न मावि बरंजा दितृय, महेन्द्र मावि झिँ र माउन्ट एभरेष्ट आवासिय मावि तितृय भएका छन् । IMG_1764कवड््डी खेल सहित शुक्रबार बिहान प्रतियोगिता समापन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । कराँते र तेक्वान्दोको खेलाडी छनौट गर्न भने बाँकी छ ।

एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, पन्ध्र सय, तिन हजार मिटर दौड र चार सय गुणा चार रिले दौड प्रतियोगिता गराइएको थियो । यसैगरी सटफुट, हाईजम्प, लङजम्प, त्रिपल जम्प र ज्याव्लीङ थ्रोको पनि प्रतियोगिता भएको थियो ।

बिवादीत बनेको छात्रतर्फको पन्ध्रसय मिटर दौडमा वुद्ध एकडेमी बगरफाँटका बिशाल घर्तीले स्वर्ण र वेष्ट पोईन्टका दिपसन श्रेष्ठले रजत पदक जितेका छन् । पन्ध्रसय र एक सय मिटरको दौड गराउने क्रममा बिवाद उत्पन्न भई उजुरी परेपछि एथलेटिक्सका सबै खेल सकिएपछि मात्र नजिता सार्वजनिक र पुरस्कार वितरण गरिएको हो ।IMG_1820उजुरीको छानविनका लागि आयोजक जिल्ला खेलकुद विकास समितिले भिडीयो रेकर्डको सहायता लिएको थियो । जिल्ला स्तरको प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छनौट गरि क्षेत्रीय र राष्ट्रिय स्तरको खेलमा सहभागि गराइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगितामा ४२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रथम, दितृय र तितृय हुने विद्यालयले राष्ट्रिय खेलकुद विकास परिषद्को कार्यबिधी अनुसार क्रमश नगद ५० हजार, २५ हजार र १५ हजार रुपैया पुरस्कार सहित राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विगतको तुलनामा यसपालीको राष्ट्रपति खेलकुद प्रतियोगितामा पर्याप्त तयारी, समन्वयको कमी र व्यवथापनको कमजोरीका कारण फितलो बनेको सहभागि खेलाडी र खेल शिक्षकहरुले गुनासो गरेका छन् ।