आजबाट बेनीमा चौथो युवा भलिबल प्रतियोगिता

विकल्प न्यूज/बेनी
माघ २५ गते । सदरमुकाम बेनीमा आज देखि युवा भलिबल प्रतियोगिता सुरु हुँदै छ । मंगलबार अपरान्न १ बजे देखि बेनीको खुल्ला मञ्चमा युवा भलिबल प्रतियोगिताले खेलप्रेमीहरुलाई रौनकता दिने छ । भर्खर तेस्रो राष्ट्रपति कप सकिए लगत्तै युवा संघ म्याग्दीले चौथो युवा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । एक पछि अर्को प्रतियोगिता हुँदै गर्दा बेनीमा यसले चहलपहल बढाएको छ । yuba bhaliballसोमबार खुल्ला मञ्चमा आयोजना गरेको पत्रकार सम्मेलमा गाविस तथा वडा स्तरीय पुरुष तथा महिला भलिबलको सवै तयारी पुरा भएको आयोजकले जनाएका छन् । युवा पिडीलाई खेल प्रति आकर्षीत गर्नुका साथै उनीहरुमा भएको खेल क्षमताको प्रस्फुटन गर्न प्रतियोगिताले सहयोग पु¥याउने आयोजकले अपेक्षा राखेका छन् ।
माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिव ९ लाख खर्च हुने अनुमान गएिको युवा संघका जिल्ला अध्यक्ष प्रविण शाहीले बताउनुभयो ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ पहिलो हुनेलाई नगद रु ७७ हजार ७७७ र दोस्रो हुनेलाई रु ४४ हजार ४४४ तथा महिला भलिवलमा पहिलो हुनेलाई रु ५५ हजार ५५५ र दोस्रोलाई रु ३३ हजार ३३३ रुपैयाँ सहित मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने अध्यक्ष शाहीले बताउनुभयो ।
प्रतियोगितामा अहिलेसम्म पुरुष भलिवलमा २५ टिम महिला भलिबलमा १५ टिमले सहभागिताको लागि नाम दर्ता गरिसकेको जनाइएको छ ।