मावि तहका दश जना शिक्षक कार्यक्षेत्रमा खटिए

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २० माघ ।
जिल्ला शिक्षा कार्यालय म्याग्दीले शिक्षक सेवा आयोगबाट सिफारीस भएका मावि तहका नवनियुक्त दश जना शिक्षकहरुलाई बिहीबार कार्यक्षेत्रमा खटाएको छ ।

आयोगको परिक्षा उतिर्ण गरी स्थाई नियुक्त भएका विज्ञानका ६, नेपालीका दुई, अंग्रेजी र गणीत विषयका एकएक जना शिक्षकलाई सम्बन्धित विद्यालयमा खटाइएको कार्यालयले जनाएको छ ।

माथिल्लो शैक्षिक योग्यता भएका शिक्षकको व्यवस्था भएपछि विद्यालयको पठनपाठनमा समेत सुधार हुने अपेक्षा गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो ।New Teacherस्थाई शिक्षक खटिएपछि विस्थापित भएका चार जना अस्थाई शिक्षकलाई सोही तहको राहत अनुदान कोटामा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । नवनियुक्त शिक्षकहरुलाई सपथ खुवाउदै जिशिअ रामुकमार श्रेष्ठले पेशाको मर्यादा उच्च रहनेगरी जिम्मेवारी पुर्वक काममा लाग्न निर्देशन दिनुभयो ।

अंग्रेजीका योगेन्द्र रेग्मीलाई मुक्तिमार्ग मावि घार र गणीत विषयका दिननाथ खनाललाई अमर मावि पाखापानीमा खटाएको छ । यसैगरी नेपाली विषयका बिष्णुबहादुर थापालाई अमर मावि चिमखोला र रमेशचन्द्र भट्टराईलाई राष्ट्रिय मावि रुममा नियुक्त गरिएको छ ।
विज्ञान विषयका मेखबहादुर भण्डारीलाई ज्ञानप्रकाश माविमा, हरिबहादुर थारुलाई आदर्श मावि रिमामा, बिरबहादुर तरामीलाई महेन्द्र मावि झिँमा, प्रेमबहादुर थापालाई पाउद्धार मावि शिखमा, बिबेकानन्द दासलाई अमर मावि पाखापनी र देवेन्द्रकुमार मिश्रलाई अमर मावि चिमखोलामा खटाएको शिक्षा कार्यालयले जनाएको छ ।