म्याग्दी जिप तथा बस समितिमा नयाँ कार्य समिति निर्वाचित

विकल्प न्यूज/बेनी
माघ २१ गते ।

म्याग्दी बस तथा जिप सञ्चालक समितिको बिहीबार बेनीमा सम्पन्न पन्ध्रौ साधारणसभा तथा सातौ अधिवेशनबाट कमल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।IMG_1878(1)१९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर थापा क्षेत्री, प्रथम उपाध्यक्षमा दानबहादुर केसी, द्धित्तीय उपाध्यक्षमा चन्द्रबहादुर क्षेत्री, सचिबमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा गोपाल केसी (मोहन) सहसचिबमा मौबहादुर बरुवाल र सहकोषाध्यक्ष बलमान गौचन चयन हुनुभएको छ ।
कार्यसमितिको सदस्यहरुमा कृष्णबहादुर घर्ती, नगेन्द्र खत्री, हेम गुरुङ, ललित जिसी, शंकर शर्मा, महेन्द्र बानियाँ, बाबुराम गिरि, राजकुमार शाही, नारायण थापा, अनिश भण्डारी, पूर्णबहादुर बुढाथोकी रहनुभएको छ ।

निवर्तमान अध्यक्ष सुरत केसीको अध्यक्षता, प्रजिअ राजुप्रसाद पौडेलको प्रमुख आतिथ्यता, सचिव सुमन श्रेष्ठको सञ्चालन र कमल केसीको स्वागतमा सम्पन्न उद्घाटन कार्यक्रममा सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि र समितिका पुर्व अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।