ताजा समाचार:
Search

बिममा विद्युतीकरणको तयारी

विकल्प न्यूज/बेनी
माघ २५ गते ।
म्याग्दीको बिमका बासिन्दाहरु गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत पु¥याउन कस्सीएका छन् । उनिहरुले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन् । बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर संकलन गरेको रकम विद्युतीकरण योजनालाई उपलब्ध गराएका हुन् । चार वटा वडामा रहेका आमा समूह, पूख्यौली समूह र युवा कल्वले सात लाख रुपैयाँ सहयोग गरेका विद्युतीकरण उपभोक्ता समितका सदस्य वुद्धीबहादुर जुक्जालीले जानकारी दिनुभयो । Bima Villageसदस्य जुग्जालीका अनुसार स्थानीय संघ संस्थाले गाउँमा लाहुरे स्वागत, विभिन्न सभा समारोह र सार्वजनिक कार्यक्रममा नृत्य देखाएर संकलन भएको रकम विद्युतीकरण उपभोक्ता समितिलाई उपलब्ध गराएका हुन् । बिममा बिदेशबाट घर आएका प्रवासीलाई नृत्य देखाएर स्वागत गर्ने चलन रहेको छ ।

स्थानीय संघ संस्थाको सहयोगको अलावा विद्युतीकरण योजनाका लागि १९२ घरधुरीबाट प्रतिघरधुरी दश हजार रुपैयाँका दरले नगद संकलन गरिएको छ । सरकारी निकायको बजेट कुर्दा ढिलाइ हुने र पर्याप्त सहयोग नपाउने भएकाले स्थानीय स्तरमै आर्थिक संकलन गरेर विद्युतीकरण गर्ने तयारी गरिएको हो ।

यस वर्ष जिविसले ६ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको बिम विद्युतीकरण योजना अन्तरगत पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गर्ने काम सकिएको छ । पहिलो चरणमा चार वटा वडाका करिब दुई सय घरमा यसै महिनाभित्र केन्द्रिय प्रशारण लाईनको विद्युत जुडान गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रेशम जुक्जालीले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण बेनी बितरण केन्द्रको प्राबिधिक सहयोगमा बिममा विद्युतीकरण योजना सञ्चालन भएको हो । त्यहाँका बासिन्दाहरुले हाल उज्यालोका लागि सोलार प्रयोग गर्दै आएका छन् । दोस्रो चरणमा डाँडागाउँ, बाईन्दफाट लगायतका बस्तीहरुमा पनि केन्द्रिण प्रशारण लाईनको विद्युत लाईन विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष जुग्जालीले बताउनुभयो ।