स्थापना दिवसको अवसरमा विपन्न महिलालाई मुठ्ठीदान सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ माघ ।
बेनीको दिदी बहीनी बचत तथा ऋण सहकारी संस्थाले छैठौ स्थापना दिवसको अवसरमा सोमबार मजदुर महिलालाई खाद्यान्न सहयोग गरेको छ ।

लमजुङ घर भई हाल पर्वत बेनी बस्ने लक्ष्मी आचार्य खत्रीलाई १५ पाथी चाम, पाँच केजी दाल, पाँच केजी चिनी, पाँच पोका नुन, ५ बट्टा चियापत्ती र आधा दर्जन लुगा धुने सावुन सहयोग गरेको हो ।

खत्रीले ज्याला मजदुरी गरेर छ जना छोरा छोरीको लालनपालन गर्दै आउनुभएको छ । रोजगारीको लागि चार वर्षअघि मलेसीया गएका खत्रीका श्रीमान दुई वर्षदेखि सम्र्पकमा हुनुहुन्न् । प्रजिअ राजुप्रसाद पौडेल, सहकारीकी अध्यक्ष जमुना आचार्य लगायत सञ्चालक, कर्मचारी र सेयर सदस्यहरुले खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।IMG_2105सहकारीले सञ्चालक, कर्मचारी, सेयर सदस्य र समुदायबाट स्वऐच्छिक दान संकलन गरेर यसअघि ४१ जना गरिब, विपन्न र विपद् पीडीतहरुलाई सहयोग गरेको थियो । सोही अवसरमा रक्तक्यान्सर र बोनम्यारो रोगले थलीएकी भगवतीकी कृष्णकुमारी कटुवाल क्षेत्री (सिता) को उपचारका लागि सञ्चालित अभियानका सदस्य कमल खत्रीलाई पन्ध्र हजार रुपैया नगद हस्तान्तरण गरिएको थियो ।

संस्थाकी अध्यक्ष जमुना आचार्यको अध्यक्षता, सचिव बिष्णु सापकोटाको सञ्चालन र उपाध्यक्ष ज्योती लामिछाने पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा प्रजिअ पौडेलले महिलाको आर्थिक, सामाजिक र नेतृत्व विकासका लागि सहकारी प्रभावकारी माध्यम भएको बताउनुभयो ।