भेडा गोठमा छ दशक

विकल्प न्यूज/बेनी
माघ २५ गते ।
जिल्ला पशु सेवा कार्यालयले हालै बेनीमा आयोजना गरेको तालीममा एक जना फरक कृषक भेटिए । कछाड पारेका, हरदुब्लो ओडेका ओखरबोट ३ चिउरीबोटका ७४ वर्षीय टिकप्रसाद पुनको लवाइलेनै उनी पाका र वास्तवीक कृषक भएको देखाउँथ्यो । भेडा गोठमा छ दशक भन्दा बढी समय बिताएका फरासीलो र हसिलो स्वभावका पुनसंग पहिलो भेटमै अनुभव सुन्ने मौका मिल्यो । पुख्र्यौली पेशाबाट जिविकोपार्जन र आयआर्जन गरिरहेका पुनले भेडागोठका अनगिन्ती अुनभव र भोगाई यसरी व्यक्त गरे । Tik Prashad Punपुख्र्यौली पेशा
आठ वर्षको हुँदादेखि टिकप्रसाद भेडागोठ बस्न थालेका हुन् । जान्ने भएदेखि भेडागोठ बस्न थालेका टिकप्रसाद त्यतीबेला विद्यालय नभएकाले पढ्न नपाएको बताउँछन् । सुरुमा उनिसंग तिन वटा भेडा थिए । अहिले १२० वटा भेडाका मालीक भएका छन् । उनका बुवा र बाजेले पनि भेडापालन गर्दथे । उनि १४ वर्षको हुँदा चार वर्षको भेडाको साँडको मूल्य बिस रुपैयाँ थियो ।

अहिले त्यतीनै उमेरको साँडलाई २६ हजार रुपैयाँ पर्छ । वर्षमा कम्तीमा २० वटा भेडा बिक्री हुन्छ । पुजाआजा गर्नका लागि गाउँमै भेडा बिक्री हुने गर्छ । एउटा भेडाको मूल्य दश देखि १५ हजार रुपैयाँ सम्म पर्छ । बर्षमा खर्च कटाएर दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ । भेडा बिक्री गर्न बजारको समस्या छैन् । भेडा भए जति पनि बिक्री हुने टिकप्रसाद बताउँछन् । वर्षमा दुई पटक काटिने भेडाको ऊन अधियामा लगाउँछन् । भेडाको ऊनबाट काम्लो, हरदुब्लो निर्माण हुने गर्छ ।
जंगलको बसाई
टिकप्रसादले जिवनको धेरै समय घरमा भन्दा भेडा गोठमा बिताएका छन् । एकै ठाउँमा स्थायी बसोबास नहुने भएकाले उनको जिवनशैली फिरन्ते छ । खाने, बस्ने बन्दो बस्तीका सामान साथमै बोकेर गोठसंगै सार्ने गर्छन् । एक ठाउँमा दश देखि पन्ध्र दिनको हाराहारीमा गोठ बस्छ । मान्द्रोले छाएको गोठमा भेडाको ऊनले बनेको काम्लो र हरदुब्लो ओडेर रात कटाउनुपर्छ । कहिलेकाही भेडाको बथानको बिचमा सुत्नुपर्छ ।

म्याग्दी, बागलुङ र रुकुमका जंगलमा उनले भेडा चराउँछन् । भेडा चराउन रुकुमको तकसेरामा पर्ने चालुके लेकमा पुग्ने उनि त्यस क्षेत्रमा तिन महिना बिताउँछन् । जेठमा सोले काटेर जाने उनि कात्तिक १५ गतेमात्र गाउँ फर्कन्छन् । हिउँदमा गाउँ नजिकै आईपुग्ने उनि बर्खामा भेडा चराउन लेकमा पुग्ने गरेका हुन् ।

लेक गएपछि उनको परिवार र गाउँलेसंग प्रत्यक्ष भेटघाट सम्र्पक हँुदैन् । रेडियो उनको लागि साथी हो । अहिले मोवाइलको सुबिधा भएपछि भेटघाट नभएपनि फोनमा कुराकानी गर्न सजिलो भएको छ । एक जनालाई गोठालाको रुपमा जागीर दिएका उनलाई श्रीमती र छोराले पनि भेडापालनमा सघाउँदै आएका छन् ।

बागलुङको जंगलमा दुई महिना चाहार्ने उनि बाँकी सात महिना म्याग्दीको सोले, रानीबासा, रसपुर, घवाङखोला क्षेत्रको जंगलमा बिताउँछन् । दिनभरी जंगलमा चर्ने भेडाका बथान साँझ परेपछि खर्कमा जम्मा हुन्छन् । भेडाका पाठापाठीको स्याहार सुसारमा बिशेष ध्यान दिनुपर्छ । भेडाको दूध मन पराउने उनिको लागि जंगलका च्याउ र टुसा बिशेष परिकार हुन् ।

चराउनका लागि जंगलमा भेडाको पछि पछि हिड्नु सजिलो काम पक्कै पनि होइन । पढाईको कमी, रोजगारीको अन्य स्रोत नभएको, पुर्खाले गर्दै आएको पेशा, आम्दानी हुने भएकाले उनी भेडाको पछि लागेर भिर, पहरा, जंगल, लेक, बेशी गरिरहेका छन् । धेरै चरण क्षेत्र आवश्यक पर्ने भेडा पाल्न माघ देखि चैत सम्म निकै गाहे हुन्छ ।

घाँस नपलाउने भएकाले भेडा चराउन टाढा टाढा पुग्नुपर्छ । चितुवा, बाघ र भालु लगायत जंगली जनावरको आक्रमणबाट भेडालाई जोगाउनु अर्को चुनौती हो । उनले सहयोगीको रुपमा गोठमा दुई वटा कुकुर समेत पालेका छन् । कुकुरले गोठको रक्षा गर्न र जंगली जनावर देखेमा भुकेर संकेत गर्छन् । कतिपय अवस्थामा लखेट्छन पनि ।
भालुसँग भिडन्त
छ दशकको भेडागोठको अनुभवमा टिकप्रसादको स्मृतीमा २०६८ कात्तिक १५ गतेको दिन अविश्मरणीय छ । ओखरबोटकै सागबार डल्ला भन्ने खर्क नजिकै भेडा हेर्न गएको अवस्थामा भालुसँग उनको जम्का भेट भयो । अरु २ जना साथीहरु केही टाढा थिए । दिउँसो तिन बजेको थियो । भालुले उनिमाथी आक्रमण ग¥यो ।

उनले पनि भालुलाई लौरो र हसियाले हिर्काए । भालुले उनलाई भुईमा लडायो । दाहिने हातका बुढी र माईली औला खायो । नङग्राले टाउको कोप¥यो । उनले हसियाले हिर्काएर भालुलाई लखेटे । करिब दश मिनेटसम्म भालुसंग भिडेको उनी बताउँछन् । हारगुहार गरेपछि साथीहरु आए । उनिहरुले बोकेर गोठमा ल्याए । गाउँमा फोन गरे । नातीनिले गाउँको स्वास्थ्यकर्मी र छिमेकीलाई लिएर भोलीपल्ट बिहान गोठमा पुगीन् । गाउँले र आफन्तले बाकेर दरवाङ ल्याए । दरवाङमा रहेकी बुहारीले एम्बुलेन्सको व्यवस्था गरिन् ।

मणिपाल शिक्षण अस्पतालमा एक महिना उपचार गरेपछि टिकप्रसाद निको भए । हातका दुई वटा औला भने सधैका लागि गुमे । एक महिना सिंगा तातोपानी कुण्डमा स्नान गरे । त्यो वर्षको हिउँद घरमै बसेर आराम गरे । बर्खादेखि भेडा हेर्ने काममा फर्कीए । अझै स्वस्थ्य, रिष्टपुष्ट, हठ्ठा कट्टा रहेका पुन शरीरले साथ दिदाँसम्म भेडापालनमा सक्रिय हुने बताउँछन् ।
पmार्म दर्ता गर्ने तयारी
भेडापालन गर्न थालेको ६५ वर्षपछि पुनले पहिलो पटक तालीममा सहभागि हुने अवसर पाए । हालै पशु सेवा कार्यालयले बेनीमा आयोजना गरेको जिल्ला स्तिरीय बाख्रापालन तालीममा सहभागि भएपछि उनले भेडापालन सम्बन्धि धेरै सैद्धान्तिक ज्ञान हाँसील गरेको बताउँछन् । हसिला स्वभावका उनले तालीममा सहभागि अरु कृषकहरुलाई आफ्नो अनुभव ठट्यौली पारामा सुनाए । प्राबिधिकहरुबाट धेरै जान्ने, बुझ्ने मौका पाए ।

एक पटक पशु स्वास्थ्य प्राबिधिकले उनको गोठमै पुगेर भ्याक्सीन लगाईदिएका थिए । सरकारले औषधी र खोपलाई निशूल्क उपलब्ध गराईदिए सहज हुने उनको अपेक्षा छ । यसैगरी चरन क्षेत्रको संरक्षण गर्न पनि आवश्यक रहेको उनको भनाई छ । तालीममा सहभागि भएपछि उनले भेडा फार्म दर्ता गर्ने योजना बनाएका छन् ।

फार्म दर्ता गरेपछि सरकारले उपलब्ध गराउने सेवा सुबिधा पाईने र ब्यवसायीक रुपमा अघि बढ्न सजिलो हुने उनको बुझाई छ । व्यवस्थित गर्न सकेमा भेडापालनबाट राम्रो फाईदा हुने पुनले बताए । घरपरिवार पाल्नका लागि लाखौ खर्चेर खाडी मुकुकमा भेडा चराउन लालायीत हुने युवाहरुलाई उनको बिदेश जान गर्ने लगानी आफ्नो ठाउँमा गरेर उद्यमीलतातर्फ अग्रसर हुन सुझाव दिन्छन् ।  प्रस्तुती सन्तोष गौतम