सेवा प्रवाहलाई सहज बनाउने नव आगन्तुक प्रजिअको प्रतिवद्धता

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ माघ ।
म्याग्दीका नवआगन्तुक प्रजिअ राजुप्रसाद पौडेलले जिल्ला स्थित सरकारी कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवालाई सहज बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नवआगन्तुक प्रजिअ राजुप्रसाद पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन कार्ययोजना तयार पारेको बताउनुभयो ।IMG_2035राजनीतिक दल, कार्यालय प्रमुख, नागरीक समाज र निजी क्षेत्रसंगको छलफलका क्रममा पहिचान भएका समस्यालाई सुधार गर्न कर्मचारीको अनुशासन पालना, जवाफदेहीता र पारदर्शीता देखि कार्यालय व्यवस्थापन र सरसफाई सम्मलाई जोड दिएको प्रजिअ पौडेलले बताउनुभयो ।

उहाँले विपद् व्यवस्थापनका लागि म्याग्दीमा शसस्त्र प्रहरीको क्याम्प राख्न पहल गरेको जानकारी दिनुभयो । सार्वजनिक शौचालय प्रयोगमा ल्याउन खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र बहुउद्देश्यिय खेलमैदानमा रहेको अव्यवस्थित बधस्थलको विकल्प खोज्न नगरपालिका र पशु सेवा कार्यालयलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

शान्ति सुरक्षालाई सुदृढ र सेवा प्रवाहलाई सहज बनाउन सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्ने प्रजिअ पौडेलको भनाई थियो । अन्तरक्रियामा सहभागि पत्रकारहरुले सेवा प्रवाहमा ढिलासुस्ती, औपचारीक कार्यक्रममा कार्यालय प्रमुखहरु भुल्ने गरेको, दरबन्दि अनुसारका जनशक्तिको व्यवस्थापन हुन नसकेका भन्दै त्यसलाई समाधानका लागि सुझाव दिएका थिए ।