समाचार

वस्तीस्तरबाट योजना छनोट गर्दै वडा कार्यालय

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असार ५ । एक नगरपालिका र पाँचओटा गाउँपालिका रहेको म्याग्दी जिल्लामा आगामी आर्थिक वर्षका लागि वस्तीस्तरबाट योजना छनौटको क्रम सुरु भएको छ । आउँदो आर्थिक वर्ष २०७५/७६ मा स्थानीय तहको विभिन्न वडामा सञ्चालन गर्ने कार्यक्रमका लागि टोल र वस्तीस्तरबाटै योजना छनोट गर्न लागिएको हो । यसैक्रममा मङ्गलबार म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा […]

रघुगंगाका कृषकसंग अन्तरक्रिया

पदम विश्वकर्मा /विकल्प न्यूज मौवाफाट ५ असार । रघुगंगा गाउँपालिकाको मौवाफाँटमा व्यवसायिक बाख्रा तथा कुखुरापालक कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाले आयोजना गरेको कार्यक्रममा आठ वटै वडाका कृषक, जनप्रतिनिधि र पशु सेवा प्राबिधिकहरुबीच पशुपालनको अवस्था, सम्भावना, समस्या र योजनाको विषयमा छलफल भएको थियो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको प्रमुख आतिथ्यता, […]

११ महिना चुपचाप वसेका कर्मचारी असार लागेपछि सक्रिय

सन्तोष गौतम/विकल्प न्यूज मौवाफाँट ५ असार । चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिम महिना असार सुरु भएसंगै म्याग्दीका सरकारी निकायलाई बजेट सक्ने चटारो परेको छ । विभिन्न सरकारी कार्यालय, स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुले आर्थिक बर्षको अन्तीम महिना सुरु भएसंगै तालीम, गोष्ठि, अन्तरक्रिया लगायत औपचारिक कार्यक्रम आयोजना गर्ने क्रम बढेको छ । आर्थिक वर्षको […]

२७ कराेडकाे बजेट ल्याउँदै अन्नपूर्ण

गोपाल छन्त्याल/बेनी असार ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले २७ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउने संवैधानिक प्रावधान अनुसार अन्नपूर्णले २७ करोडको हाराहारीमा बजेटको तयारी गरेको हो । वडास्तरबाट योजना र कार्यक्रम प्राप्त भइसकेकोले विभिन्न समितिमा त्यसको छलफल, आन्तरिक आयको अनुमान लगायतका कार्य […]

खाडीबाट फर्कीएका युवा दोवाको जंगलमा बाख्रा चराउँदै

सन्तोष गौतम/विकल्प न्यूज दोवा,असार ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा विदेशबाट फर्कीएका युवाहरुले व्यवसायिक बाख्रापालन सुरु गरेका छन् । विदेशमा कडा परिश्रम गर्दा समेत अपेक्षाकृत आम्दानी हुन नसकेपछि फर्कीएका युवाहरुले जिविकोपार्जनका लागि बाख्रा पाल्न थालेका हुन् । दश वर्ष साउदीमा काम गरेर घर फर्कीएर गत वर्षदेखि बाख्रापालन सुरु गरेका दोवाका बिरेन्द्र गर्बुजा विदेशमा […]

कहाँ जान्छ अस्पतालमा प्रशिक्षार्थीले बुझाउने शूल्क ?

विकल्प न्यूज/बेनी असार ४ गते । बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले बुझाउने शूल्कमा अपारदर्शीता भेटिएको छ । अस्पतालमा अभ्यासका लागि आएका हेल्ट एसिस्टेन्ट, अनमी, स्टाफ नर्स, ल्याब टेक्नीसियन अध्ययन गरिरहेका प्रशिक्षार्थी स्वास्थ्यकर्मीको बिवरणको अभिलेख नराख्ने र उनिहरुले तिरेको शूल्कको रसिद नदिँदा आर्थिक चलखेल भएको हो । तर कति प्रशिक्षार्थी आए र उनिहरुले […]

ताकममा आमा समूहद्धारा मन्दिर निर्माण

गोपाल आचार्य/विकल्प ताकम १ असार । धौलागिरी गाउँपालीका ७ ताकममा आमा समूहले मन्दिर निर्माण गरेका छन् । भगवती आमा समूहले निर्माण गरेको सुर्यनारायण मन्दिरको शुक्रबार गाउँपालीकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले कला, संस्कृती, ऐतिहाँसीक र धार्मीक सम्पदाको संरक्षणमा जोड दिदै महिलाहरु विकास निर्माण र सामाजिक रुपान्तरणमा अग्रसर बन्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष […]

नेकपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया

विकल्प न्यूज/बेनी असार १ गते ।    पार्टी एकताको घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘माक्र्सवाद लेनिनवादको प्रकाशमा पार्टी एकतालाई सुदृढ गरौं, लोककल्याणकारी स्थायी सरकारमार्फत समाजवादको यात्रामा अघि बढौं’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता […]

रघुगंगाका महिलाहरु नेतृत्व र क्षमता विकासमा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज मौवाफाँट १ असार ।  आफ्नो भावना र बिचार व्यक्त गर्ने सीपको अभावमा पछि परेका रघुगंगा गाउँपालिकाका महिलाहरु नेतृत्व तथा क्षमता विकासमा अग्रसर भएका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधि, आमा समूह, युवा क्लब र सामाजिक संघ संस्थाको अगुवाई गरिरहेका महिलाहरु आफ्नो बिचार र भावनालाई प्रभावकारी ढङगले व्यक्त गर्ने भनेर तालीम लिएका छन् । […]

म्याग्दीमा टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असार ।जिल्ला प्रहरी कार्यालयले अपराध, बिकृती, दुब्र्यसनी, दुर्घटना न्युनीकरणका लागि समुदायसंग सहकार्य गर्ने उद्देश्यले टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अन्तरगत प्रहरीको बस्ती स्तरमा पहुँच र उपस्थिती बढाएर विश्वास बढाई बिचौलीया निरुत्साहीत गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले टोल टोलमा पुग्न लागिएको प्रनाउ बिरबहादुर बुढाले […]

जलजलाका कृषकलाई एक्काईस लाख अनुदान वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असार । पर्वतको जलजला गाउपालिकाले कृषकहरुलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गराउन यस वर्ष २१ लाख रुपैयाँ भन्दा बढी अनुदान वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले व्यवसायिक गाईभैसी, बाख्रा र कुखुरापालनमा कृषकहरुलाई आकर्षीत गरी मासु, दुध र अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान वितरण गरेको हो । विभिन्न […]

फरार प्रतिवादी पक्राउ

विकल्प न्यूज/बेनी बेनी ३१ जेठ । चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका एक जना व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला अदालत म्याग्दीले रहजनी चोरी मुद्दामा ४ वर्ष १० महिना १० दिन कैद सजायको फैसला सुनाइएका बेनपा ५ का २१ वर्षिय विपीन खत्रीलाई पक्राउ गरेको हो । पक्राउ परेका खत्रीलाई कारबाही पक्रिया […]

मल्लाजमा ज्येष्ठ नागरिकलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज मल्लाज ३१ जेठ ।  पर्वतको जलजला गाउँपालिका ३ का ८० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई बिहीबार सम्मान गरिएको छ । गाउँपालिका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना ज्येष्ठ नागरिकहरुलाई नगद एक हजार रुपैयाँ सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालिकाले ७५ […]

बेनी–लभ्लीहिल पदमार्ग निर्माणमा मोना र उवासंघले सघाउने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ जेठ । सदरमुकाम बेनी देखि बेनी नगरपालिका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माणमा प्रवासी र म्याग्दी उद्योग वाणिज्य संघले सघाउने भएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा सरकारी निकाय, निजी क्षेत्र र प्रवासीको साझेदारीमा पर्यटन पूर्वाधार योजना अन्तरगत पदमार्ग निर्माण गर्न निर्णय भएको हो । म्याग्दी […]

यस्तो छ बेनी – दरवाङ सडक खुल्ने नयाँ समय तालिका

विकल्प न्यूज/बेनी जेठ ३१ गते । बेनी – दरवाङ सडकमा यातायात सञ्चालन हुने समय तालिका परिवर्तन गरिएको छ । विहिवार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले यातायात सञ्चालन हुने नयाँ समय तालिका सार्वजनिक गरेको हो । लामो समय सडक बन्द गरेर निर्माणको काम गर्दा सर्वसाधरणहरुलाई आवतजावतमा समस्या परेको भन्दै यातायात व्यवसायीहरुले प्रशासनमा समय तालिका मिलानका […]