समाचार

अरुणा उत्कृष्ट खेलाडी घोषित

विकल्प न्यूज/बेनी असोज १८ गते । चितवन टाइग्रेसकी सेटर अरुणा शाही आबदी अबादी महिला भलिबल लिग (एभीएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपाल एपिएफलाइ बुधबार फाइनलमा हराउँदै चितवनलाई भलिबल लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइकी हुनु । पश्चिमाञ्चल टिमकी महत्वपूर्ण सदस्य अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी […]

किन सुरु भएन बेनी–लभ्लीहिल पदमार्ग निर्माण ?

विकल्प न्यूज/बेनी असोज १७ गते । एकमहिना अघि पुजापाठ गरेर शिलान्यास गरिएको बेनी – लभ्लीहिल पदमार्गको निर्माण अझै सुरु गरिएको छैन् । शिलान्यासको एकमहिना वितिसक्दा पनि पदमार्ग निर्माण गर्न कुनै सुरसार गरिएको छैन । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त […]

मुदीलाई ‘पर्यटकीय गाउँ’ घोषणाको माग

बेगप्रसाद घर्ती /विकल्प न्यूज वडा अध्यक्ष धौलागिरी गाउँपालिका ४ मुदी असोज १७ गते । म्याग्दीको पश्चिम धौलागिरी गाउँपालिका ४ मुदी पर्यटनको प्रचुर संभावनायुक्त गाउँ हो । संसारकै सातौ अग्लो धौलागिरी हिमाल यसै वडामा पर्दछ । प्रशस्त पर्यटकीय संभावना भएर पनि मुदी गाउँ ओझेलमा परेको छ । प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण पर्यटन क्षेत्रमा आशा […]

मिर्गौला पीडित सुरेशलाई फेरी जुट्यो साढे ३ लाख रुपियाँ

विकल्प न्यूज/बेनी असोज १६ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार करिब साढे तिनलाख रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानका क्रममा मंगलबार विभिन्न मुलुकहरुमा रहेका म्याग्देलीहरुले ३ लाख ४४ हजार ९ सय ८७ रुपियाँ कोषलाई पठाएका छन् […]

निलम्बित विद्यार्थीलाई विद्यालयमा फर्काउने सहमति

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज १६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माध्यमिक विद्यालयका निलम्बित कक्षा १० का २२ विद्यार्थीहरुलाई विद्यालयमा फर्काउने सहमति जुटेको छ । रघुगंगा गाउँपालिकाको पहलमा मंगलबार गाउँपालिका केन्द्र मौवाफाँटमा भएको सर्वपक्षीय छलफलमा निलम्बनलाई फुकुवा गरी पठनपाठनलाई नियमित गर्ने सहमति भएको हो । गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीको पहलमा जिल्ला समन्वय […]

अरिङ्गालवालीको उदाहरणीय कथा

असोज १६, २०७५ बेनी-अरिङ्गाल व्यवसाय गर्दै आनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उहाँलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले […]

विद्यार्थीलाई लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण

विकल्प न्यूज/बेनी असोज १६ गते । धवलागिरी गाउँपालिका ७ धारापानी स्थित किसानी माविका विद्यार्थीहरुलाई सोमबार लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालयको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय दरवाङको आयोजनामा विद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । प्रहरी निरीक्षक दिपक महत क्षेत्रीले लागु औषध दुब्र्यसनीका कारण, यसको […]

धारापानीमा विजुली बलेपछि स्थानीयमा खुसियाली

विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ । योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपभोक्ता समितिका समितिका […]

गोलो झार्न आएकामाथि खन्निए अरिङ्गाल, एकजनाको मृत्यु

जाजरकोट : यहाँको एक गाउँमा अरिङ्गालले चिल्दाा एक युवकको ज्यान गएको छ । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले चिल्दाा सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचार अभावमा मृत्यु भएको हो । प्रहरीका अनुसार बिसाउन डाँडा भन्ने ठाँउ शनिवार राति अरिङ्गालको गोलो झार्न गएका […]

बलात्कारीलाई फस्ट्याक कानुन बनाएर कारवाहीको माग

विकल्प न्यूज/बेनी असोज १५ गते । महिला तथा बालबालिका माथि देशभरी श्रृङखलाबद्ध बलात्कार तथा हत्यामा संलग्नलाई शुन्य सहनशीलताको नितिलाई कार्यान्वयन गर्न २४ घण्टा भित्र दोषीलाई कडा कारवाही गर्नुपर्ने म्याग्दीमा क्रियाशिल महिला सम्बद्ध संघसंस्थाले माग गरेका छन् । २१ औं शताब्दीमा पनि महिला र बालबालिका माथि हुने गरेको अर्मयादित, अमानवीय पासविक घटनाले दैनिकजसो स्तब्ध बनाइरहेको बताउँदै बलात्कारीलाई […]

नदी किनारमा र्‍याफ्टिङ क्याम्प

पर्वत — मोदी गाउँपालिका ३ देउराली का ३२ वर्षीय होम पुनले लामो समय र्‍याफ्टिङ गाइडका रूपमा काम गरे । १२ वर्षसम्म भोटेकोसी, त्रिशूली, मस्र्याङ्दी, तल्लो सेती, माथिल्लो सेती र कालीगण्डकीलगायतका नदिमा र्‍याफटीङ गाइडको काम गरेका उनी केही समय भारत, स्वीटजरल्याण्ड र जापानमा पनि पुगे । सानैदेखि साहसिक खेल र पदयात्रामा रमाउने पुनले १३ वर्षको उमेरदेखि नै र्‍याफ्टिङ सिकेका […]

प्रसारण लाइन निर्माणमा अवरोध

घनश्याम खड्का /बेनी असोज १५ गते । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले औंल्याएको सामाजिक क्षेत्रमा गर्नुपर्ने खर्च नगरेको भन्दै अन्नपूर्ण गाउँपालिका ३ दानाका बासिन्दाले कालीगण्डकी प्रसारण लाइन निर्माणको काममा अवरोध गरेका छन् । दानादेखि पर्वतको कुश्मास्थित सबस्टेसन जोड्नेगरी निर्माणाधीन २२०, १३२, ३३ र ११ केभीए प्रसारण लाइनमा अवरोध गरेका हुन् । अन्नपूर्ण २ नागढुंगा छेउमा बेनी–जोमसोम सडक आयोजनाले […]

अमर मावि चिमखोलाद्धारा २२ विद्यार्थीलाई निलम्बन

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज असोज १५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ७ अमर माध्यमिक विद्यालयले २२ जना विद्यार्थीहरुलाई निलम्बन गरेको छ । विद्यालयको कक्षा १० मा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई विद्यालयले एकमहिनाका लागि निलम्बन गरेको हो । लामो समय देखि विज्ञान विषय र कम्प्युटर शिक्षक रिक्त भएका कारण नियमित पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा […]

बिलवाङका पहिरो पीडितलाई थप राहत वितरण

विकल्प न्यूज/बेनी असोज १५ गते । मालिका गाउँपालिका २ बिलवाङका पहिरो पीडितहरुलाई सोमबार थप राहत वितरण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले दरवाङ स्थित गाउँपालिकाको कार्यालयमा ५ घरपरिवारलाई तीस हजार रुपैयाँको दरका राहत वितरण गरेको हो । नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नोटबहादुर पुन र तमकुमारी पुनको परिवारलाई प्रजिअ लीलाधर अधिकारी, पुर्व सांसद […]

स्थानीयको अवरोध पछि मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द

विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयवासीहरुले अवरोध गरेपछि आयोजनाको निर्माण कार्य बन्द भएको हो । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिएको पानीले पहिरो गएको र त्यसको नियन्त्रणमा आयोजनाले बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण […]