विकल्प न्यूज/बेनी
असोज १५ गते । मालिका गाउँपालिका २ बिलवाङका पहिरो पीडितहरुलाई सोमबार थप राहत वितरण गरिएको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिले दरवाङ स्थित गाउँपालिकाको कार्यालयमा ५ घरपरिवारलाई तीस हजार रुपैयाँको दरका राहत वितरण गरेको हो ।
नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नोटबहादुर पुन र तमकुमारी पुनको परिवारलाई प्रजिअ लीलाधर अधिकारी, पुर्व सांसद गोविन्द पौडेल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, धवलागिरीका अध्यक्ष थमसरा पुन, मालिकाका उपाध्यक्ष खरमाया बिटालु र प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले राहत रकम वितरण गनुभएको थियो ।
गत साउनमा पहिरोले घर पुरीदा पिडित भएका बिलवाङका बासिन्दाहरुलाई गाउँपालिकाले पनि थप पच्चिस हजार रुपैयाकाका दरले राहत वितरण गर्ने निर्णय भएको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।