राष्ट्रिय समाचार
स्थानीय सरकारका बेथिति

दधिराम खतिवडा/विकल्प न्यूज मंसिर १३ गते । जुन उत्साहका साथ निर्वाचन सम्पन्न भएर स्थानीय सरकारको गठन भयो, परिणाम त्यति सन्तोषजनक भएन । अभ्यासरत स्थानीय सरकारको कार्यान्वयनले अहिले जनतामा निराशा बढेको छ । लाखौ खर्च गरेर निर्वाचित भएका जनप्रतिनिधिहरू अहिले अन्योलमा छन् ।निर्वाचन ताका उनीहरूको नारा थियो गाउँ गाउँमा सिंहदरबार तर अहिले गाउँमा सिंह वा प्रतिनिधि आएको र प्रशासनिक कार्य […]
बेनीमा रहेको १३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने

विकल्प न्यूज/बेनी मंसिर १२ गते । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुल जिर्ण बनेको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि यो पुल बनाईएको थियो । ऐतिहाँसिक महत्व बोकेको पुल अहिले मर्मत सम्भारको अभाबमा जिर्ण बनेको छ भने वारपारको लागि […]
स्थानीय तहहरुमा सदाचार तथा नैतिकता खोई ?

जगदिश पराजुली /विकल्प न्यूज मंसिर १२ गते । संबैधानिक व्यवस्थामार्फत् अभ्यास गरिएको विकेन्द्रीकरण संघीयता हो । विविधताको सम्मान र व्यवस्थापनबाट एकता कायम गरी जनकेन्द्रित विकास, गुणस्तरीय जीवन, सुशासन र सहज सेवा प्रवाहको सुनिश्चताको मूलभूत उद्देश्यले संघीयताको अभ्यास नेपालमा प्रारम्भ भएको हो । मुलुक संघीयतामा प्रवेश गर्ने वातावरण कसरी बन्यो भन्ने विषय तात्कालीन राजनीतिक नायकहरू नै […]
बढ्दै गरेको अपराध र न्यूनीकरणका उपायहरू

भाषा कोइराला /विकल्प न्यूज मंसिर १२ गते । पछिल्लो समय अखवारमा दिनहुँजसो बलात्कार, हत्याका खबर छापिने गरेका छन । यसबाट अपराधिक गतिविधि बढेको अनुमान गर्न सकिन्छ । किन अपराधिक घटनाहरू बढिरहेका छन ? किन यसको रोकथाम हुन सकेन ? अपराधीलाई केले उत्प्रेरित गरिरहेको छ ? हामी सबैसामु प्रश्न तेर्सिएको छ । अपराध र अपराधिक घटनासँग […]
सुरेशको उपचारका लागि दक्षिण कोरियाबाट ३७ हजार सहयोग

विकल्प न्यूज/बेनी मंसिर ११ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार दक्षिण कोरियाबाट थप ३७ हजार एकसय ८० रुपियाँ सहयोग प्राप्त भएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानलाई सहयोग पु¥याउन मंगला गाउँपालिका ४ सोरडाँडा स्थायी घर भई हाल दक्षिण कोरियामा […]
रितुङ्ग माविको पुननिर्माण र बाढीपीडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण

विकल्प न्यूज/बेनी मंसिर १० गते । रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने कुईनेमंगलेबासीको पहलमा संकलन भएको रु […]
घलेम्दी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन साढे पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण अन्तीमचरणमा पुगेको छ । आयोजनाले चैत मसान्त भित्र परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ निर्माणलाई तिव्र पारेको छ । आयोजनाको पूर्वाधार निर्माणको करिव ९० प्रतिशत सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजाल(विमल)ले जानकारी […]
बेनीमा हुने जेसीज कप फुटबलको तयारी पुरा

विकल्प न्यूज/बेनी मंसिर ९ गते ।मंगलबार देखि बेनीमा सुरु हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को सवै तयारी पुरा भएको छ । अन्तर माध्यमिकस्तरीय जेसिज कपको यो १७ औं संस्करण हो । आइतवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन । सोमबार तिन बजे जिल्ला समन्वय समितिका प्रमुख […]
नमुना सडक निर्माण गर्ने उपभोक्ता समितिलाई बाजागाजा सहित भव्य सम्मान (भिडियो सहित)

विकल्प न्यूज/जलजला मंसिर ७ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ स्थित मिलनचोकमा नमुना सडक निर्माण गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई स्थानीयवासीले भव्य सम्मान गरेका छन् । मिलनचोक लेकफाँट धौलपर सालिजा मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लालविर पुन सहित पदाधिकारीहरुलाई बाजागाजा र अविरजात्रा गरेर मिलनचोक वासीहरुले शुक्रवार भव्य सम्मान गरेका हुन । दुइमहिना अघि सुरु भएको योजना शुक्रवार सम्पन्न […]
बेनीमा लैङ्गिक समानता तथा समावेशीता सम्बन्धी कार्यशाला

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, मंसिर ७ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लैङ्गिक समानता तथा समावेशीता स्थानीयकरण विषयक कार्यशाला सुरु भएको छ । बेनी नगरपालिकाको संयोजनमा म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरेर कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले लैङ्गिक समानता तथा सामाजिक समावेशीताको […]
शिक्षक पेशा सँगै मौरीपालनमा अब्बल

विकल्प न्यूज/बेनी मंसिर ७ गते । म्याग्दीको बेनी नगरपालिका ५ डडुवाका एक शिक्षकले सरकारबाट पाउने तलब भन्दा दुईगुणा वढी मौरीपालन व्यवसायबाट कमाउनुहुन्छ । दुईदशक अघिबाट मौरीपालन व्यवसाय गर्दै आउनुभएका शिक्षक मिनवहादुर खत्री जिल्लामै अब्बल मौरीपालक कृषकका रुपमा नाम कमाउनुभएको छ । उहाँले नाम सँगै मनग्य दाम पनि कमाउन सफल हुनुभएको छ । २०५१ सालबाट शिक्षक […]
विविध कार्यक्रमसहित म्याग्दीमा १६ दिने अभियान मनाइने

विकल्प न्यूज/बेनी म्याग्दी, मंसिर ७ म्याग्दीमा विविध कार्यक्रमहरुको आयोजना गरेर यस वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइने भएको छ । बिहीबार बेनी नगरपालिकाको आयोजनामा सरोकारवालाहरुको उपस्थितिमा बसेको वैठकमा विविध कार्यक्रमसहित १६ दिने अभियान मनाउनेबारे छलफल र अन्तत्र्रिmया गरिएको हो । वैठकमा आउँदो ९ गते अर्थात् नोभेम्बर १० तारिखका दिन सदरमुकाम बेनीमा सरोकारवाला निकाय, संघसंथा […]
सन्ध्या र साधनाले पाए शैक्षिक अभिभावक (भिडियो सहित)

विकल्प न्यूज/ बेनी मंसिर ५ गते । कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी ३५ बर्षिया सिता केसी घिमिरेका दुई छोरीले शैक्षिक अभिभावक पाएका छन् । गत महिना नेपालीको महानपर्व दसैंको दिनमा जन्मदिने आमाको मृत्यु भएपछि १३ बर्षिया सन्ध्या र ८ बर्षकी साधना घिमिरेको जीवनयापनमा ठूलो समस्या देखिएपछि सुरू भएको अभियानमा […]
१४ कथा : युद्धका जीवित स्मृति (फोटो फिचर)

प्रताप बानियाँ / बेनी मंसिर ५ गते । सशस्त्र द्वन्द्वको समयमा अपाङ्ग भएर संघर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरुको आज म्याग्दीमा फोटो प्रदर्शन भएको छ । अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त आयोजनामा द्वन्द्वमा परेर घाइते भई अपाङ्गता भएका देशभरका १४ जना व्यक्तिहरुको फोटो प्रदर्शनी गरिएको हो । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष […]
म्याग्दीको सर्वपक्षीय टोलीले अर्थमन्त्रीलाई बुझायो ज्ञापन पत्र (भिडियो सहित)

विकल्प न्यूज / काठमाण्डौ मंसिर ५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको नेतृत्वमा पुगेको म्याग्दीको सर्वपक्षीय टोलीले बुधवार संघिय सरकारका अर्थमन्त्री युबराज खतिवडालाई म्याग्दी जिल्लाको विकास निर्माण लगायतका मागहरु राखी ज्ञापन पत्र बुझाएको छ । जिल्लामा निर्माणधिन अवस्थामा रहेका योजनाहरुमा चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएको भन्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने […]