बेनीमा लैङ्गिक समानता तथा समावेशीता सम्बन्धी कार्यशाला

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, मंसिर ७ । IMG_6011सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लैङ्गिक समानता तथा समावेशीता स्थानीयकरण विषयक कार्यशाला सुरु भएको छ । बेनी नगरपालिकाको संयोजनमा म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरेर कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यशालाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले लैङ्गिक समानता तथा सामाजिक समावेशीताको अभ्यासलाई स्थानीय स्तरसम्म पु¥याउन आवश्यक रहेको बताएका थिए । नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि तालिम गोष्ठीको आवश्यकता रहेको बताइन् ।
दुई दिनसम्म चल्ने तालिममा लैङ्गिक समानता तथा समावेशीताको विभिन्न विषयहरुमा सजीकरण गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । तालिमको मन्त्रालयका शाखा अधिकृत भेषराज खनाल, सहजकर्ताद्वय चन्द्रप्रकाश सिग्देल र पुरुषोत्तम अधिकारीले सहजीकरण गरिरहेका छन् ।
बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको स्वागत र पुरुषोत्तम अधिकारीको सञ्चालनमा सम्पन्न कार्यशालाको उद्घाटनसत्रमा शाखा अधिकृत भेषराज खनालले मन्तव्य राखेका थिए । कार्यशालामा बेनपाका जनप्रतिनिधि र कर्मचारीसहित करिब ४० जनाको सहभागिता रहेको छ ।