ताजा समाचार:
Search

सुरेशको उपचारका लागि दक्षिण कोरियाबाट ३७ हजार सहयोग

विकल्प न्यूज/बेनी
मंसिर ११ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार दक्षिण कोरियाबाट थप ३७ हजार एकसय ८० रुपियाँ सहयोग प्राप्त भएको छ ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानलाई सहयोग पु¥याउन मंगला गाउँपालिका ४ सोरडाँडा स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत लालप्रसाद रोकाको नेतृत्वमा उक्त रकम संकलन भएको हो । संकलित रकम जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रोकाका आफन्त प्रहरी नायव निरिक्षक मिनवहादुर थापाले कोषलाई हस्तान्तरण गर्नुभएको हो ।
दुवै मिर्गौला फेल भएका १९ वर्षीय सुरेश हाल अल्का अस्पताल काठमाण्डौंमा उपचारत हुनुहून्छ । उहाँको उपचारका लागि ३० देखि ३५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । आर्थिक अवस्था कमजोर सुरेशका लागि परोपकारी संस्था शान्तिकोषले भदौ ५ गते देखि सञ्चालित सुरेश बचाऊ अभियानमा हाल सम्म करिव २८ लाख रुपियाँ संकलन भएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।