राष्ट्रिय समाचार

गण्डकी प्रदेशले क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपैयाँ दिने

२ वैशाख, कास्की ।  गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री […]

म्याग्दीमा ९० जनामा कोरोनाको द्रुत परिक्षण, सबै रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी बैशाख २ गते ।  म्याग्दीमा मंगलबार सम्म ९० जनामा कोरोनाको परिक्षण गरिएको छ । परिक्षणका क्रममा सवैको रिपोर्ट नेगेटिभ आएको छ । चैत महिना यता विदेशबाट म्याग्दीमा आएका व्यक्तिहरुमा जिल्ला स्वास्थ्य कार्यालयको टोलीले कोरोनाको द्रत परिक्ष्ण (¥यापिड टेस्ट) गरेको हो । स्थानीय तहले संकलन गरेको तथ्याङकका आधारमा नगर तथा गाउँपालिकाको समन्वयमा कोरोनाको ¥यापिड […]

लकडाउन वैशाख १५ सम्म, १२ दिन थपियो

विकल्प न्यूज/ काठमाण्डौं बैशाख २ गते । सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो एक मन्त्रीले बताए। एक साताका […]

रौतहटमा १९ वर्षीय युवालाई पनि देखियो कोरोना

विकल्प न्यूज/बेनी बैशाख १ गते । रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको  नतिजा पोजेटिभ आएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ। ती युवाबारे विस्तृत विवरण आउन बाँकी छ। योसँगै नेपालमा कोरोना […]

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ बागलुङकी महिलाको पिसिआर टेष्ट नेगेटिभ

पोखरा, वैशाख १ गते ।  कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा जारी द्रुत परिक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) मा आइतबार एक महिलाको रिपोर्ट पोजेटिभ देखियो। गाउँपालिकामा आइतबार गरिएको ५७ जनाको स्वाब परीक्षणका क्रममा काठेखोला–६ की ६५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो। र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा […]

म्याग्दीकाली एफएमले मनायो ११ औँ बार्षिक उत्सब

विकल्प न्यूज/बेनी बैशाख १ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि द्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ । २०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण […]

बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) मा पोजेटिभ

विकल्प न्यूज/बेनी चैत ३० गते । दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा पोजेटिभ देखिएको छ । जिल्लाको काठेखोला गाउँपालिकामा आइतवार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टिकासंगम […]

पाखापानीका वडा अध्यक्ष शेरपुजाको घरबाट गोली बरामद

विकल्प न्यूज/बेनी चैत ३० गते । म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरमा बुलेट (गोली) फेला परेको छ । शनिबार अध्यक्ष शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा एउटा बुलेट छ भन्दै सार्वजनिक गरेपछि प्रहरीले आइतबार घरखनतलासी गर्दा बुलेट (गोली) बरामद गरेको हो ।पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको डिएसपी किरणजंग कुँवरले […]

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

चैत ३०, २०७६ काठमाडौं :  नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ।  यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम्मेलन गरेर जानकारी दिने मन्त्रालय स्रोतले बतायो।  लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको […]

भारतमा संक्रमण नरोकिएसम्म नेपालमा लकडाउन मुख्यमन्त्री गुरुङ

विकल्प न्यूज/पोखरा चैत २९ गते ।   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतमा कोरोना भाइरसको संक्रमण नरोकिएसम्म नेपालमा लकडाउन जारी रहने बताएका छन् ।  ‘भारतको परिस्थिति नसुध्रिएसम्म हाम्रो लकडाउन अन्त्य गर्न रहर गर्नु हुँदैन,’ उनले भने । शनिबार दिउँसो मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो वार्ता गरेका थिए । त्यस अवसरमा आफूले गण्डकी प्रदेशमा अहिलेसम्म […]

लकडाउन तत्काल हट्दैन ः प्रधानमन्त्री

२९ वैशाख, काठमाडौं । प्रधामनन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताए । उनले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरे । विहान साढे […]

म्याग्दीमा पहिलो चरणमा ३३ जनाको ¥यापीड टेष्ट, सबै नेगेटिभ

विकल्प न्यूज/बेनी चैत २९ गते ।  म्याग्दीमा शनिबार देखि बेनी नगरपालिकाबाट ¥यापीड टेष्ट सुरु गरिएको छ । चैत महिना यता विदेशबाट आएका व्यक्तिहरुको द्रुत परिक्षण (¥यापीड डाइगोनिष्टिक टेष्ट) लिन थालिएको छ । विश्वभरी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न विदेशबाट आएका सर्वसाधरणहरुको ¥यापीड टेष्ट लिन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य […]

चट्याङ र हुरीबाट सतर्क रहन आग्रह

२९ चैत, काठमाडौं ।  कोभिड–१९ बाट जोगिन लकडाउन बसीरहेका बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ । महाशाखाले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो । मौसमविद् राजु प्रधानाङ्गले मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा गराउने बादल विकसित भइरहेको जानकारी […]

जलजला ७ धाइरिङमा राहत वितरण सुरु

साजन परियार/जलजला चैत २८ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा राहत वितरण सुरु गरिएको छ । लकडाउनका कारण समस्यामा परेका गरिब,विपन्न तथा मजदुरहरुलाई शुक्रवार देखि वडा कार्यालयले राहत वितरण सुरु गरेको हो । वडा कार्यालयले संकलन गरेको ६ सय ७० जनालाई राहत वितरण सुरु गरिएको वडा अध्यक्ष टुंगनाथ आचार्यले जानकारी दिनुभयो । वडाका जनप्रतिनिधि,पार्टीका प्रतिनिधि […]

वेष्ट प्वाइन्टको क्वारेन्टाइनमा वसेका युवाको रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी चैत २८ गते ।  बेनीको वेष्ट प्वाइन्ट आवशिय माविमा बनाइएको क्वारेन्टाइनमा राखिएका एक युवाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको बेनी अस्पतालले जनाएको छ । बेनी नगरपालिका ४ का ति युवाको कोरोना भाइरस संक्रमणको आशंकामा विहिवार स्वाव परिक्षणका लागि पोखरा पठाइएको थियो । पोखरामा उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको हो । […]