भारतमा संक्रमण नरोकिएसम्म नेपालमा लकडाउन मुख्यमन्त्री गुरुङ

विकल्प न्यूज/पोखरा
चैत २९ गते ।   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतमा कोरोना भाइरसको संक्रमण नरोकिएसम्म नेपालमा लकडाउन जारी रहने बताएका छन् ।  ‘भारतको परिस्थिति नसुध्रिएसम्म हाम्रो लकडाउन अन्त्य गर्न रहर गर्नु हुँदैन,’ उनले भने ।

शनिबार दिउँसो मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो वार्ता गरेका थिए । त्यस अवसरमा आफूले गण्डकी प्रदेशमा अहिलेसम्म भएका गतिविधिबारे जानकारी गराएको सुनाए । ‘लकडाउन निरन्तर गर्नुपर्छ किनभने भारतमा विकराल भइराछ,’ प्रधानमन्त्रीको सन्देश उद्धृत गर्दै मुख्यमन्त्रीले भने, ‘लकडाउन फेरि पनि निरन्तर गर्नुपर्छ, धेरै मान्छेलाई सचेत बनाउनुपर्छ ।’

आफूले गण्डकी प्रदेश र राष्ट्रिय चुनौतीका बारेमा पनि प्रधानमन्त्रीलाई सुनाएको जानकारी मुख्यमन्त्री गुरुङले दिए । ‘यहाँको रिपोर्टिङ गरें, केही सुझावहरु पनि दिएको छु,’ उनले भने । samadhannews.com